रातको समयमा सवारी दौडाउदै हुनुहुन्छ ? ट्राफिकले चलाउला ‘लेजर गन’ « Khabarhub

रातको समयमा सवारी दौडाउदै हुनुहुन्छ ? ट्राफिकले चलाउला ‘लेजर गन’


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– के तपाई रातको समयमा तिब्र गतिमा सवारी साधान चलाउनुहुन्छ ? होसियार ट्राफिक प्रहरीको कारबाहीमा परिएला नि !

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तिब्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनिकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ्ग सुरु गरेको छ ।

बिशेषगरि कोटेश्वर–सूर्यबिनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तिब्र गतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरी तिब्र गति नियन्त्रणको अभियान सुरु गर्दै आएको छ ।

दैनिक रुपमा दिउँसो हुने चेकिङ्गमा तिब्रगतिमा सवारी चलाउने ३५–४० जना चालकहरुलाई लेजर गन मार्फत कारबाही गर्दै आएकोमा, अब भने रातको समयमा समेत ओभर स्पिड चेकिङ्ग गरी गति नियन्त्रण गर्नेअभियान पहिलो पटक सुरु गरेको महाशाखाले जनाएको छ ।

तिब्र गतिमा सवारी चलाउने चालकहरुलाई कारबाहीको साथै सचेत गराएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

उनले बुधबार रातिदेखी नाइट भिजन लेजर स्पीड गनको प्रयोग सुरु गरेको र यसले तिब्र गति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा

उल्लेख्य भूमिका निर्बाह गर्ने बिश्वास व्यक्त गरे ।

स्पीड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो ग्वार्को क्षेत्रमा ओभर स्पीडमा सवारी चलाउने धेरै सवारी चालकहरुलाई नियन्त्रणमा लिई सचेत गराएको र नाईट स्पीड चेकिङ्गलाई कडाईका साथ लगिने समेत महाशाखाले जानकारी दिएको छ ।

तिब्र गतिमा सवारी साधन चलाउँदा आफुलाई मात्र नभइ अन्य सडक प्रयोगकर्तालाई समेत जोखिम हुने र दुर्घटनाको सम्भावना अत्यधिक हुने भएकोले तिब्र गति र लापरबाहीका साथ सवारी नचलाउन सवारी चालकहरुलाई ट्राफिक प्रहरी महाशाखाले बिशेष अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ४ : २४ बजे

विभिन्न मुद्दाका पाँच फरार प्रतिवादी झापाबाट पक्राउ

बिर्तामोड–  जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई

नबिल बैंक तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुई अवार्डद्वारा सम्मानित

काठमाडौं– नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट

राहदानी प्रकरणमा नेपाललाई विरोधपत्र नदिएको जर्मन दूतावासको स्पष्टिकरण

काठमाडौं– जर्मनीले नेपालसँगको राहदानी खरिद प्रकरणमा सार्वजनिक भएका समाचारहरूलाई लिएर

बाढीपीडित बोखिमका किसानलाई राहतमा सिँचाइ पाइप 

भोजपुर– भोजपुर नगरपालिका–५ बोखिममा बाढीबाट प्रभावित किसानलाई लक्षित गर्दै सिँचाइ पाइप