नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो « Khabarhub

नेपाल स्काउट विधेयकमा राय सुझाव मागियो


११ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि राय सुझाव उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेको छ ।
     
नेपाल स्काउट विश्व स्काउटका सदस्य रहेकाले विश्व स्काउटका सिद्धान्त तथा मूल्यमान्यतासँग नेपालको मौलिक परम्परा र प्रचलित कानुनलाई समायोजन गर्दै नेपाल स्काउटमार्फत बालबालिका तथा युवालाई विश्व स्काउटका सिद्धान्त र मान्यताअनुरूपको अभियानमा सहभागी गराउन विधेयक आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।
     
बालबालिका तथा युवालाई शारीरिक र नैतिक रूपमा विकास गरी अनुशासित, जिम्मेवार र सेवा भावनाले अभिप्रेरित गराउँदै देश विकासका कार्यमा सहभागी गराउन नेपाल स्काउटलाई अझ सक्षम र सङ्गठित बनाउन आवश्यक भएकाले कानुन संशोधन तथा एकीकरण गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।
     
नेपालको संविधानले सङ्घीय शासन प्रणाली अवलम्बन गरेअनुसार नेपाल स्काउटलाई पनि सङ्घीय ढाँचामा रूपान्तरण गरी सङ्घ, प्रदेश र स्थानीय तहमा यसको सञ्चालन तथा व्यवस्थापनमा स्पष्टता कायम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । 

संविधानको भाग ६, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वअन्तर्गत धारा ५१ का नीतिसँग सम्बन्धित विषयलाई ध्यानमा राखी नेपाल स्काउटसम्बन्धी ऐन तर्जुमा गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
     
प्रस्तावित विधेयकले नेपाल स्काउटको सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित गर्नुका साथै अन्तरराष्ट्रिय दायित्वसमेत पूरा गर्न सहयोग पुग्नेछ ।

विधायन ऐन, २०८१ को दफा (६) को (२) बमोजिम विधेयकलाई थप प्रभावकारी बनाउन आवश्यक राय, सुझाव तथा पृष्ठपोषण उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेको जनाइएको छ ।   

मन्त्रालयले यही असोज ८ गते सार्वजनिक गरेको सूचनामा विधेयकको उद्देश्य, आवश्यकता तथा त्यसबाट पर्ने प्रभावका सम्बन्धमा १५ दिनभित्र सुझाव दिन सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ३ : ५४ बजे

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६

बुवाको त्याग र सन्तानको जिम्मेवारीको कथा ‘बाः एक योद्धा’लाई दर्शकको साथ

काठमाडौं– शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बाः एक योद्धा’ले सुरुवाती

गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार

म्याग्दी– निरन्तरको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ गिवाङमा आज आएको पहिरोमा