प्रदेश–२ प्रदेशसभाका १० जना सांसद लोसपामा खुले « Khabarhub

प्रदेश–२ प्रदेशसभाका १० जना सांसद लोसपामा खुले


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नम्बर २ प्रदेशसभा जनता समाजवादीका १० जना सांसदले पार्टी त्याग गरेर नयाँ बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

प्रदेश २ निर्वाचन कार्यालयमा बुधबार १० जना सांसदले सनाखत गरेको लोसपाका नेता जितेन्द्र सोनारले जानकारी दिए । उनले डिसी नेपालसँग भने, ‘आज केही सांसदहरुले सनाखत गर्नु भयो, २२ गतेसम्म समय छ त्यसबेलासम्म अरु साथीहरुले पनि सनाखत गर्नु हुन्छ ।’

उनले पनि बुधबार सनाखत भने गरेका छैनन् । उनले खबरहबसँग भने, ‘म निर्वाचन कार्यालय पुगेर साथीहरुको सनाखत सुरु गराएर फर्के म अन्तिममा सनाखत गर्छु ।’

सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश प्रसाद कुर्मी र गौरीनारायण साह छन् ।

प्रदेश सभामा जसपाका ५४ जना सांसद थिए । अब ४४ जना भएका छन् । तीमध्ये पनि केही लोसपामा खुल्ने तयारीमा छन् ।
महन्थ ठाकुरको अगुवाइमा जसपा विभाजन भएर लोसपा गठन भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ५ : ४० बजे

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र

बागमतीका मुख्यमन्त्री थापालाई चौतर्फी संकट : राप्रपापछि नेकपामा किचलो, कांग्रेसको चेतावनीले अर्को तनाव

काठमाडौं- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

उदयपुर र चितवनबाट तीन सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले उदयपुर र चितवनबाट तीन