भारतीय दूतावासद्वारा वीरगंजका बाढी पीडितलाई राहत सामग्री प्रदान « Khabarhub

भारतीय दूतावासद्वारा वीरगंजका बाढी पीडितलाई राहत सामग्री प्रदान


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगंज- नेपालस्थित भारतीय दूतावासले बाढी पीडितहरुका लागि राहत सामग्री सहयोग गरेको छ ।

बुधबार भारत सरकारकोतर्फबाट भारतका महावाणिज्यदूत नितेश कुमारले बाढी पीडितहरुका लागि सांसद चन्दा चौधरीलाई उक्त राहत सामग्री प्रदान गरेका हुन् ।

नेपाल-भारत महिला मैत्री समाजकी अध्यक्ष समेत रहेकी चौधरी र महावाणिज्यदूत कुमारले संयुक्त रूपमा जगरनाथपुर गाउँपालिका र पर्सा जिल्लाको पर्सागढी नगरपालिकाका करीब एक सय जना बाढीपीडितहरूलाई एउटा पाल र एउटा सुत्ने म्याट हस्तान्तरण गरे ।

हस्तान्तरण समारोहमा पर्सा जिल्लाका राजनीतिक दलका नेता तथा भारत–नेपाल महिला मैत्री समाजका पदाधिकारिहरू उपस्थित भएका थिए ।

यसैगरी बाढी प्रभावित पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा पीडितहरुलाई पनि राहत वितरण गरिने भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त राहत सामग्री भारत सरकारको नियमित मानविय सहायता र नेपाललार्इ विपद् राहत सहयोगको हिस्सा रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ७ : १० बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६