रियालाई ‘बिग बोस’मा जान कानूनी अड्चन « Khabarhub

रियालाई ‘बिग बोस’मा जान कानूनी अड्चन


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– हालैमात्र अभिनेत्री रिया चक्रवर्ती रियालिटी शो ‘बिग बोस १५’को सेट बाहिर शोका प्रतिष्पर्धी तेजस्विनी प्रकाश र दलजीत कौरका साथ देखिएकी थिइन् । उनी त्यहाँ देखिएपछि रिया ‘बिग बोस’को यो सिजनका लागि ‘लक’ हुन लागेको खबर सार्वजनिक भएको थियो ।

अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि रिया सर्वाधिक चर्चामा आइन् । यस्तो अवस्थामा शोमा रियाको उपस्थिति टीआरपी बढाउन महत्वपूर्ण भूमिका खेल्ने निर्माताको बुझाइ छ । रियालाई निर्मातले प्रति एपिसोड ३५ लाख रुपैंयाँ पारिश्रमिक दिने निर्णय लिएका थिए ।

तर रिया कानूनी मुद्धामा फसेका कारण यो शोबाट पछाडि हट्नु परेको छ । सुशान्तको मृत्युपछि रिया र उनको भाई शौविकको नाम लागुऔषध मामलामा मुछिएको थियो । जसकारण उनी कैयौं दिनसम्म हिरासतमा बस्नु परेको थियो । अहिले यो मुद्धा अदालतमा विचाराधिन छ ।

रिया पुनः फिल्ममा फर्कन चाहन्छिन् । जसका लागि उनले दक्षिण भारतीय फिल्मका कैयौं निर्मातासँग भेटघाट गरिसकेकी छन् । कतिपयले फिल्ममा अभिनयका लागि उनले ‘बिग बोस’को प्रस्ताव अस्वीकार गरेको दाबी गरेका छन् । तर रियाले यो विषयमा केही बोलेकी छैनन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १२ : १४ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ