‘नेकेड एण्ड अफ्रेड’मा नग्न प्रतियोगी « Khabarhub

‘नेकेड एण्ड अफ्रेड’मा नग्न प्रतियोगी


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(एबीपी लाइभ)– टेलिभिजनमा हालका दिनमा रियालिटी शोलाई लिएर दर्शकको क्रेज निकै बढ्दो छ । टेलिभिजनमा कैयौं किसिमका शो आइरहेका छन् । जसमा गायन, नृत्य, हाजिरीजवाफ र खतरनाक स्टण्टवाला शो बढी छन् ।

डिस्कोभरी च्यानलमा मा एउटा अनौठो शो ‘नेकेड एण्ड अफ्रेड’ छ । जुन शोको अवधारणा आफैंमा अनौठो छ । यो शोमा एक जोडी जंगलमा विनाकपडा २१ दिनसम्म बस्नुपर्ने हुन्छ । सुरुमा शरीरमा बिना कपडा एक केटा र एक केटी भेट्छन् ।

यो एक किसिमको ‘अस्तित्व’को शो हो । जसमा विना आधुनिक सुविधाहरु जंगल र जंगली जनावरबीच बाँच्नुपर्ने हुन्छ । यो आदिमानवको शैली जस्तै हुनेछ । जसरी आदिमानवहरु सुरुवाती समयमा जंगलमा नग्न जीवन बिताउथे ।

शोमा प्रतियोगीलाई निकै कम बस्तुहरु लिएर जान अनुमति छ । जसमा लाइटर, सलाई वा बञ्चरो छ । यीबाहेक बाँकी बस्तुहरु प्रतियोगीले जंगलमा आफैं व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा उनीहरुलाई खानेदेखि लिएर बस्ने र लगाउने जस्ता कैयौं चुनौतिको सामना गर्नुपर्ने हुन्छ । यो शोमा दिगो रहन त्यति सजिलो छैन । यसमा प्रतियोगीले जस्तो सुकै मौसममा जंगलमा बस्नुपर्ने हुन्छ । यो शो यति चुनौतीपूर्ण छ कि कैयौं पटक प्रतियोगीहरु शोलाई बिचैमा छोडेर हिँडेका छन् ।

यो शोमा कोही होस्ट छैनन् । शोमा प्रतियोगीका साथ एक क्यामरामेनलाई जान अनुमति दिइएको छ । शोमा नग्नता अत्याधिक छ । त्यहीकारण अधिकांश दृश्यलाई ‘ब्लर’ गरिएको छ । डिस्कोभरीका अलावा यो शो अमेजन प्राइममा पनि हेर्न सकिन्छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  २ : ०९ बजे

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६