‘नेकेड एण्ड अफ्रेड’मा नग्न प्रतियोगी « Khabarhub

‘नेकेड एण्ड अफ्रेड’मा नग्न प्रतियोगी


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(एबीपी लाइभ)– टेलिभिजनमा हालका दिनमा रियालिटी शोलाई लिएर दर्शकको क्रेज निकै बढ्दो छ । टेलिभिजनमा कैयौं किसिमका शो आइरहेका छन् । जसमा गायन, नृत्य, हाजिरीजवाफ र खतरनाक स्टण्टवाला शो बढी छन् ।

डिस्कोभरी च्यानलमा मा एउटा अनौठो शो ‘नेकेड एण्ड अफ्रेड’ छ । जुन शोको अवधारणा आफैंमा अनौठो छ । यो शोमा एक जोडी जंगलमा विनाकपडा २१ दिनसम्म बस्नुपर्ने हुन्छ । सुरुमा शरीरमा बिना कपडा एक केटा र एक केटी भेट्छन् ।

यो एक किसिमको ‘अस्तित्व’को शो हो । जसमा विना आधुनिक सुविधाहरु जंगल र जंगली जनावरबीच बाँच्नुपर्ने हुन्छ । यो आदिमानवको शैली जस्तै हुनेछ । जसरी आदिमानवहरु सुरुवाती समयमा जंगलमा नग्न जीवन बिताउथे ।

शोमा प्रतियोगीलाई निकै कम बस्तुहरु लिएर जान अनुमति छ । जसमा लाइटर, सलाई वा बञ्चरो छ । यीबाहेक बाँकी बस्तुहरु प्रतियोगीले जंगलमा आफैं व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा उनीहरुलाई खानेदेखि लिएर बस्ने र लगाउने जस्ता कैयौं चुनौतिको सामना गर्नुपर्ने हुन्छ । यो शोमा दिगो रहन त्यति सजिलो छैन । यसमा प्रतियोगीले जस्तो सुकै मौसममा जंगलमा बस्नुपर्ने हुन्छ । यो शो यति चुनौतीपूर्ण छ कि कैयौं पटक प्रतियोगीहरु शोलाई बिचैमा छोडेर हिँडेका छन् ।

यो शोमा कोही होस्ट छैनन् । शोमा प्रतियोगीका साथ एक क्यामरामेनलाई जान अनुमति दिइएको छ । शोमा नग्नता अत्याधिक छ । त्यहीकारण अधिकांश दृश्यलाई ‘ब्लर’ गरिएको छ । डिस्कोभरीका अलावा यो शो अमेजन प्राइममा पनि हेर्न सकिन्छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  २ : ०९ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ