भारतको लगातार दोस्रो हार, न्युजिल्यान्डको सेमिफाइनल यात्रा बलियो « Khabarhub

भारतको लगातार दोस्रो हार, न्युजिल्यान्डको सेमिफाइनल यात्रा बलियो


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपाधी दाबेदार भारत आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो हार ब्यहोरेको छ । आइतबार सुपर-१२ को समूह-२ को खेलमा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको हो । योसँगै भारतको सेमिफाइनलमा यात्रा कमजोर भएको छ । न्युजिल्यान्डले भने सेमिफाइनल यात्रा बलियो बनाएकाे छ ।

जितका लागि १११ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १४ ओभर ३ बलमा पूरा गर्‍याे । न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए । कप्तान केन विलियम्सन ३३ रनमा अविजित रहे ।

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन मात्र बनायो । रविन्द्र जडेजाले सर्वाधिक २६ रनको योगदान दिए । हार्दिक पान्ड्याले २३ रन बनाए । अन्य कुनै पनि खेलाडी क्रिजमा चल्न सकेनन् ।

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ३ विकेट लिए । स्पिनर ईश सोधीले २ विकेट लिए ।

भारत पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

सुपर-१२ को समूह-२ मा पाकिस्तान ३ खेलमा ३ जितका साथ ६ अंकसहित शीर्ष स्थानमा छ । अफगानिस्तान दोस्रो स्थानमा छ । न्युजिल्यान्ड तेस्रो स्थानमा छ । नामिबिया चौथो स्थानमा रहदा भारत र स्कटल्यान्ड क्रमश: पाँचौ र छैटौं स्थानमा छन् ।

समूह-१ मा इंग्ल्यान्ड ३ खेलमा ३ जितका साथ ६ अंक जोड्दै शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ७ : ५५ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन