लिम्चुङबुङका ४१ महिलामा पाठेघरको समस्या « Khabarhub

लिम्चुङबुङका ४१ महिलामा पाठेघरको समस्या


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा तेश्रो लिङ्गीसहित ४१ जना महिलाको पाठेघरमा समस्या पाइएको छ ।

लिम्चुङबुङ गाउँपालिका महिला शाखाको आयोजना र ओरेक नेपालको सहकार्यमा सञ्चालित महिलाको पाठेघर खस्ने समस्या, यौनजन्य रोग तथा पाठेघरको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा यस्तो समस्या भेटिएको हो ।

महिलाको पाठेघरमा हुने क्यान्सरबाट बचाउने उद्देश्यले अयाोजित शिविरमा गाउँपालिकाका पाँच वटै वडामा सञ्चालन गरिएको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले जानकारी दिए । महिलाको बच्चादानीको सुरक्षा गर्न गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर गरी २ सय ४५ महिलाको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष राईले बताए ।

स्कृनिङ गरिएको मध्ये तेस्रोलिंगिसहित ४१ मा जटिल किसिमको समस्या भेटिएको अध्यक्ष राईले बताए ।

शिविरमा पत्ता लागेका जटिल खालका बिरामी महिलालाई पहिलो चरणको उपचार स्वरुप ‘रिङ प्रेसरी’ लगाउने काम गरिएको छ । क्यान्सर लाग्न लागेको पत्ता लागेका बिरामीको शल्यक्रिया गर्न अस्पतालमा पठाउने उपाध्यक्ष राईले बताइन् ।

पाठेघरमा क्यान्सरजस्तो रोग लागेमा उपचार नहुने भएकाले बेलैमा परीक्षण गर्न शिविरको आयोजना गरिएको थियो ।

जिल्ला अस्पताल उदयपुरको प्राविधिक सहयोगमा उदयपुर जिल्ला अस्पतालकी प्रसुति प्रमुख छबित्रा राई नेतृत्वको स्वास्थ्य टोलीले शिविरमा उपचार गरिएको थियो ।
न्युजकारखानाबाट

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : ४८ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी