लिम्चुङबुङका ४१ महिलामा पाठेघरको समस्या « Khabarhub

लिम्चुङबुङका ४१ महिलामा पाठेघरको समस्या


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा तेश्रो लिङ्गीसहित ४१ जना महिलाको पाठेघरमा समस्या पाइएको छ ।

लिम्चुङबुङ गाउँपालिका महिला शाखाको आयोजना र ओरेक नेपालको सहकार्यमा सञ्चालित महिलाको पाठेघर खस्ने समस्या, यौनजन्य रोग तथा पाठेघरको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा यस्तो समस्या भेटिएको हो ।

महिलाको पाठेघरमा हुने क्यान्सरबाट बचाउने उद्देश्यले अयाोजित शिविरमा गाउँपालिकाका पाँच वटै वडामा सञ्चालन गरिएको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले जानकारी दिए । महिलाको बच्चादानीको सुरक्षा गर्न गाउँपालिकाले प्रत्येक वडामा घुम्ती शिविर गरी २ सय ४५ महिलाको स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष राईले बताए ।

स्कृनिङ गरिएको मध्ये तेस्रोलिंगिसहित ४१ मा जटिल किसिमको समस्या भेटिएको अध्यक्ष राईले बताए ।

शिविरमा पत्ता लागेका जटिल खालका बिरामी महिलालाई पहिलो चरणको उपचार स्वरुप ‘रिङ प्रेसरी’ लगाउने काम गरिएको छ । क्यान्सर लाग्न लागेको पत्ता लागेका बिरामीको शल्यक्रिया गर्न अस्पतालमा पठाउने उपाध्यक्ष राईले बताइन् ।

पाठेघरमा क्यान्सरजस्तो रोग लागेमा उपचार नहुने भएकाले बेलैमा परीक्षण गर्न शिविरको आयोजना गरिएको थियो ।

जिल्ला अस्पताल उदयपुरको प्राविधिक सहयोगमा उदयपुर जिल्ला अस्पतालकी प्रसुति प्रमुख छबित्रा राई नेतृत्वको स्वास्थ्य टोलीले शिविरमा उपचार गरिएको थियो ।
न्युजकारखानाबाट

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : ४८ बजे

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष