जापानमा प्रधानमन्त्री किशिदाको पार्टी एलडीपीलाई प्रष्ट बहुमत « Khabarhub

जापानमा प्रधानमन्त्री किशिदाको पार्टी एलडीपीलाई प्रष्ट बहुमत


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानमा भएको आमनिर्वाचनमा सत्तारुढ दल लिब्रल डेमोक्रयाटिक पार्टी (एलडीपी) ले प्रष्ट बहुमत प्राप्त गरेको छ । ४६५ सिट भएको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा एलडीपीले २६१ सिट ल्याएको हो । अब एलडीपीलाई सरकार बनाउन कुनै गठबन्धन आवश्यक पर्दैन ।

एक महिनाअघि मात्र फुमिको किशिदा एलडीपीको तर्फबाट गठबन्धन सरकारको प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री बन्नुअघि ६४ बर्षीय किशिदा एलडीपीको नेता चुनिएका थिए ।

एलडीपीले जापानको राजनीतिमा दशकौंदेखि आफ्नो प्रभाव जमाउदै आएको छ । तर, महामारी नियन्त्रणमा प्रभावकारी कदम नचालेको भन्दै पार्टीको सर्वत्र आलोचना भएको थियो । यसअघि एक बर्ष प्रधानमन्त्री बनेपछि योशिहिदे सुगाले सेप्टम्बरमा पदबाट राजीनामा दिएका थिए ।

महामारीबीच सरकारले टोकियो ओलम्पिक आयोजना गरेको भन्दै सुगा नेतृत्वको सरकारको कडा आलोचना भएको थियो । प्रधानमन्त्री बन्नुअघि सन् २०१२ देखि सन् २०१७ सम्म उनी विदेशमन्त्री थिए । तर, प्रधानमन्त्री हुँदा प्रभावकारी काम नगरेको भन्दै उनको पार्टीले नै सुगाको राजीनामा मागेको थियो ।

एलडीपीले बहुमत नल्याउने निर्वाचनपछिका मत सर्वेक्षणले देखाएका थिए । सरकार बनाउन कुनै पनि पार्टीलाई २३३ सिट आवश्यक पर्छ । गठबन्धनको साझेदार पार्टी कोमिटोले ३२ सिट ल्याएको छ । जापानको संसदलाई नेसनल डायट भनिन्छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : ३७ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट