उपमेयर कपमा आज दुई खेल हुँदै, गौरीगंगा र बराहक्षेत्र तथा धरान र चौदण्डीगढी भिड्दै « Khabarhub

उपमेयर कपमा आज दुई खेल हुँदै, गौरीगंगा र बराहक्षेत्र तथा धरान र चौदण्डीगढी भिड्दै


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज सोमबार दुई खेल हुँदैछ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने पहिलो खेल दिउँसो १२ बजे समूह ‘आइ’ अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका र बराहक्षेत्र नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि वेदकोट नगरपालिकाले बराहक्षेत्रलाई पराजित र गौरीगंगासँग बराबरी खेलेको थियो । वेदकोट दुई खेलमा चार अंकसहित समूहको शीर्ष स्थानमा छ ।

अन्तिम खेल समूह ‘जे’ अन्तर्गत धरान उपमहानगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच हुनेछ । खेल दिउँसो ३ बजे हुनेछ ।

यसै समूहको पहिलो खेलमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले धरान र दोस्रो खेलमा चौदण्डीगढीलाई हराउँदै दुई खेलमा शतप्रतिशत नतिजा निकालेको छ । यी दुई टोलीले समूह चरणको अन्तिम खेल खेल्न लागेका हुन् ।

प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा बाँडिएको छ । प्रत्येक समूहको विजेता नकआउट चरणमा पुग्नेछन् ।

हालसम्म समूह ‘ए’ बाट झापाको कन्काइ नगरपालिका, समूह ‘बी’ बाट ललितपुर महानगरपालिका, समूह ‘सी’ बाट बर्दियाको बाँसगढी नगरपालिकाले नकआउट चरणमा स्थान बनाइसकेका छन् ।

समूह ‘डी’ बाट झापाको शिवसताक्षी नगरपालिका, समूह ‘ई’ अन्तर्गत इलामको रोङ गाउँपालिका, समूह ‘एफ’ बाट दाङको तुलसीपुर नगरपालिका नकआउट चरणमा पुगेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : २५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन