उपमेयर कपमा आज दुई खेल हुँदै, गौरीगंगा र बराहक्षेत्र तथा धरान र चौदण्डीगढी भिड्दै « Khabarhub

उपमेयर कपमा आज दुई खेल हुँदै, गौरीगंगा र बराहक्षेत्र तथा धरान र चौदण्डीगढी भिड्दै


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज सोमबार दुई खेल हुँदैछ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने पहिलो खेल दिउँसो १२ बजे समूह ‘आइ’ अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका र बराहक्षेत्र नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि वेदकोट नगरपालिकाले बराहक्षेत्रलाई पराजित र गौरीगंगासँग बराबरी खेलेको थियो । वेदकोट दुई खेलमा चार अंकसहित समूहको शीर्ष स्थानमा छ ।

अन्तिम खेल समूह ‘जे’ अन्तर्गत धरान उपमहानगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच हुनेछ । खेल दिउँसो ३ बजे हुनेछ ।

यसै समूहको पहिलो खेलमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले धरान र दोस्रो खेलमा चौदण्डीगढीलाई हराउँदै दुई खेलमा शतप्रतिशत नतिजा निकालेको छ । यी दुई टोलीले समूह चरणको अन्तिम खेल खेल्न लागेका हुन् ।

प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा बाँडिएको छ । प्रत्येक समूहको विजेता नकआउट चरणमा पुग्नेछन् ।

हालसम्म समूह ‘ए’ बाट झापाको कन्काइ नगरपालिका, समूह ‘बी’ बाट ललितपुर महानगरपालिका, समूह ‘सी’ बाट बर्दियाको बाँसगढी नगरपालिकाले नकआउट चरणमा स्थान बनाइसकेका छन् ।

समूह ‘डी’ बाट झापाको शिवसताक्षी नगरपालिका, समूह ‘ई’ अन्तर्गत इलामको रोङ गाउँपालिका, समूह ‘एफ’ बाट दाङको तुलसीपुर नगरपालिका नकआउट चरणमा पुगेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ८ : २५ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि