जापानमा रेलभित्र अन्धाधुन्दा चक्कु प्रहार गर्दा १७ यात्रु घाईते « Khabarhub

जापानमा रेलभित्र अन्धाधुन्दा चक्कु प्रहार गर्दा १७ यात्रु घाईते


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानमा जोकरको पोसाकमा सजिएका एक व्यक्तिले रेलभित्र यात्रुलाई अन्धाधुन्दा चक्कु आक्रमण गरेका छन् । चक्कु आक्रमणमा कम्तिमा १७ यात्रु घाइते भएका छन् । आक्रमणपछि आक्रमणकारीले बसभित्र तेल खन्याएर आगो लगाएका थिए ।

आक्रमणपछि बसभित्र यात्रुहरुको भागदौड मच्चिएको थियो । आक्रमणकारी घटनास्थलमै पक्राउ परेका थिए । सामुहिक नरसंहार गर्न खोजेको आशंकामा उनीमाथि अनुसन्धान सुरु भएको छ ।

चक्कु आक्रमणका एक घाइतेको अवस्था गम्भीर छ । कोयुरो स्टेशननजिकको रेलभित्र आक्रमण भएको टोकियो प्रहरीले जनाएको छ ।

रेलमा आगो लाग्न थालेपछि तत्कालै अग्नि नियन्त्रक, प्रहरी अधिकारीले यात्रुहरुको उद्दार गरेका थिए । एक यात्रु शरिरमा लागेको आगोसहित रेलबाट बाहिर दौडिएका थिए ।

आक्रमणकारीले प्याजी रंगको सुट र हरियो कमिज लगाएका थिए । सुरुमा उनी भलाद्मी बनेर एउटा खाली सिटमा बसेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : १० बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी