मुख्यमन्त्री आचार्यले बुझाए राजीनामा, प्रदेशहरुमा एमाले सत्ताबिहीन « Khabarhub

मुख्यमन्त्री आचार्यले बुझाए राजीनामा, प्रदेशहरुमा एमाले सत्ताबिहीन


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार पदबाट राजीनामा दिएका छन् । उनले राजीनामा पत्र प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई बुझाएका छन् ।

एमाले विभाजनपछि आचार्यले प्रदेशसभामा सोमबार विश्वासको मत मागेका थिए । तर, उनले विश्वासको मत नपाउने देखेपछि विश्वासको मतको प्रस्तावमाथि मतदान हुनुअघि नै राजीनामा बुझाएका हुन् । आचार्य गत भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि नियुक्त भएका थिए ।

एमालेको तत्कालीन माधव नेपाल समूहतिर रहेका आचार्य अन्तिम समयमा कित्ता परिवर्तन गर्दै मुख्यमन्त्री बनेका थिए । प्रदेश १ मा एमालेको एकल बहुमत भए पनि पार्टीमा विभाजन भएपछि एमाले अल्पमतमा परेको छ । आचार्यले ६८ दिनमै सरकार छाड्नु परेको हो ।

प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी आचार्यविरुद्ध उभिएका छन् । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

आचार्यको राजीनामासँगै सातवटै प्रदेशमा नेकपा एमाले सत्ताविहीन बन्न पुगेको छ । २०७४ मा भएको प्रदेश निर्वाचनपछि एमाले ७ मध्ये ६ वटा प्रदेशको सरकारमा सहभागी थियो । प्रदेश १, बागमती र गण्डकीमा एमाले नेतृत्वको सरकार बनेको थियो भने, सुदूरपश्चिम र कर्णालीमा एमाले गठबन्धन सरकारमा थियो । प्रदेश २ मा भने एमाले सुरुदेखि नै विपक्षी दल हो ।

तर, गत भदौमा एमाले विभाजन भएसँगै उसले बागमती, गण्डकी र प्रदेश १ सरकार गुमाएको छ भने कर्णाली र सुदूरपश्चिममा पनि सरकारबाट हटेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ४ : १५ बजे

राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता सुरु

काठमाडौं– नेपाल हक्की संघको आयोजनामा काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष

निर्वाचनमा सहज मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर : महिलामन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज

बोन्डीबीच गोलीकाण्डका आरोपी अदालतमा

एजेन्सी– अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहूदी पर्वका क्रममा भएको

जेन-जी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा– जेन-जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक

फेरि पनि व्यवस्था विरोधी प्रचार गरेर मत माग्दै उम्मेदवारहरू

काठमाडौं– विशेषगरी राजनीतिक दलका नेतृत्वले राज्यलाई सुशासनमुखी ढंगले सञ्चालन नगरेको