सरकार विदेशीको इशारामा चलको ईश्वर पोखरेलको आरोप (भिडियो) « Khabarhub

सरकार विदेशीको इशारामा चलको ईश्वर पोखरेलको आरोप (भिडियो)


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी चूनावमा गठबन्धन गरेर आए पनि अन्यदलहरुलाई पराजित गरेरै छाड्ने बताएका छन् ।

सोमबार एमाले काठमाडौँ क्षेत्र नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा पोखरेलले आगामी निर्वाचनमा सक्ने भए एक्लाएक्लै प्रतिस्पर्धा गर्न चूनौती दिँदै गठबन्धन बनाएर आए पनि पराजित गर्ने बताए ।

पोखरेलले वर्तमान सरकार संविधान र कानुनको बिपरित बिदेशीको इशारामा चलेको आरोप लगाए । उनले पूर्ववत सरकारले शुभारम्भ गरेको अस्पताल निर्माण र १४ सयभन्दा बढी सडक निर्माण वर्तमान सरकारले रोकेको बताए ।

त्यस्तै पोखरेलले एमाले बिगतको कुनै पनि बेला भन्दा शसक्त ढंगले भूमिका खेल्न तयार रहेको सन्देश महाधिवेशनले दिने जिकिर गरे ।

उनले ५ लाख जनताको माझमा पार्टीको महाधिवेशन उद्घाटन हुने र एकताको सन्देश दिने बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : ०५ बजे

अमेरिकासँगको दोस्रो चरणको शान्ति वार्ताका लागि इरानी प्रतिनिधि इस्लामावादमा

इस्लामाबाद– मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकासँग दोस्रो चरणको शान्ति

बस्ती छाड्दै मनोहराका सुकुमबासी

भक्तपुर– भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका

गाजा संकट गहिरिँदै : मृतक सङ्ख्या बढ्दो

एजेन्सी– गाजा क्षेत्रमा शुक्रबार इजरायली आक्रमणका क्रममा कम्तीमा १० जना

दाङमा सवारी दुर्घटनाको अवस्था : चार वर्षमा तीन सय बढीको मृत्यु

दाङ– गत चैत ५ गते बेलुका ७ः०० बजे तुलसीपुर उपमहानगरपालिका-९

सन्दीपले दिलाए सातौँ सफलता, यूएईको इनिङ सङ्कटमा

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र