प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईले पेश गरे दाबी « Khabarhub

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईले पेश गरे दाबी


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन् ।

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार १ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए ।

राईले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसमेतका ४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुखले मंगलवार नै राईलाई मुख्यमन्त्रीमा शपथग्रहण गराउने भएका छन् । शपथसँगै उनले सानो आकारको मन्त्रीपरिषद् बनाउने घोषणा गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : १४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको