कर्णालीमा नयाँ सरकारका लागि भोलि साँझसम्म दाबी पेश गर्न आह्वान « Khabarhub

कर्णालीमा नयाँ सरकारका लागि भोलि साँझसम्म दाबी पेश गर्न आह्वान


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्णाली प्रदेशमा नयाँ सरकार गठनको दाबीका लागि मंगलबार साँझ साढे ७ बजेसम्म दाबी पेश गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख गोविन्द कलौनीले सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउने दाबी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् ।

शाहीले राजीनामा दिँदा नयाँ सरकारका लागि कांग्रेसलाई समर्थन गर्ने घोषणा गरेकाले मंगलबार कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना उच्च छ । ४० सदस्यीय प्रदेशसभामा हाल ३५ जनामात्र सांसद छन् । सभामा एमालेको १६, माओवादी केन्द्रको १३, कांग्रेसको ६ र राप्रपाको १ सिट छ । बहुमतका लागि कांग्रेस र माओवादीको गठबन्धन पर्याप्त छ ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने कांग्रेस निकट स्रोतले जनाएको छ । तर कांग्रेसले निर्णय भने गरिसकेको छैन ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ९ : ३६ बजे

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

आज २०८३ साल साउन १७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १७ गते आइबार सन् २०२६

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई