गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा चिनियाँ झण्डा ! « Khabarhub

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलमा चिनियाँ झण्डा !


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनमा चिनियाँ झण्डा राखिएको पाइएको छ।

६ अर्ब रुपैयाँ लागत रहेको चिनियाँ ठेकेदार कम्पनीले निमार्ण गरेको उक्त विमानस्थलमा चिनियाँ झण्डा राखिएको पाइएको हो।

नेपालको स्वाधिनता र सावैभौमसत्तालाई पूर्णरुपमा अवमूल्यन गर्ने गरी चीनले नेपालको लगानीमा बनेको विमानस्थलमा पनि आफ्नो झण्डा फहराउन लागेको हो । यसको विरोध भइरहेको छ। तर, सरकारले भने यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साढे दुई अर्ब रुपैयाँको मूर्ति स्थापना गरिएको छ । बुद्धको उक्त मूर्ति बहुमूल्य धातु ह्वाइट जेडबाट बनाइएको हो । म्यानमारमा बनाइएको मूर्ति स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले विमानस्थललाई निःशुल्क उपलब्ध गराएको हो ।

उक्त मूर्तिलाई विमानस्थलको प्रवेशद्वार र बाहिरिने मार्गमा पर्ने गरी राखिएको छ । उक्त मूर्ति स्थापना गर्नुअघि नै विमानस्थलको टर्मिनल भवनको छतमा चिनियाँ झण्डा फहराइएको पाइएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ११ : १५ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ