आजबाट थप चिसो बढ्यो, दैनिक जनजीवनदेखि हवाई यातायातसम्म प्रभावित हुनसक्ने « Khabarhub

आजबाट थप चिसो बढ्यो, दैनिक जनजीवनदेखि हवाई यातायातसम्म प्रभावित हुनसक्ने


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आजबाट देशभर थप चिसो बढेको छ ।

हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण तापक्रममा गिरावट आई आजबाट चिसो बढ्ने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसका कारण पर्वतारोहण, हवाई / यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाको अनुरोध छ ।

यो प्रणाली आउँदो शुक्रबारबाट क्रमशः सुदूरपश्चिम प्रदेशका क्षेत्रबाट मौसममा बिस्तारै कमजोर हुँदै जाने देखिन्छ । आउँदो आइतबार साँझबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने पनि सम्भावना देखिएको छ।

महाशाखाअनुसार मंगलबार साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ ।

आज बुधबारदेखि देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहनुको साथै उक्त प्रदेशहरूका पहाडी तथा तराइका केही भू-भागहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि बिहीबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमतीका पहाडी भूभागमा हल्का देखि मध्यम वर्षाको आँकलन गरिएको छ । ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात सम्भावना छ ।

पर्सी शुक्रबार देशभर बदली रहनेछ । पहाडी भूभागका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ०४ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज