राप्रपाको महाधिवेशन आजदेखि : अध्यक्षमा थापा र लिङ्देन भिड्दै « Khabarhub

राप्रपाको महाधिवेशन आजदेखि : अध्यक्षमा थापा र लिङ्देन भिड्दै


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदै छ।

महाधिवेशनको बिहान ११ बजे उद्घाटन गर्ने तयारी छ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन् । थापालाई लोकेन्द्रबहादुर चन्द, दीपक बोहरा लगायतको साथ छ भने लिङदेनलाई डाक्टर प्रकाशचन्द्र लोहनी, धवलशम्शेर राणा लगायतको साथ छ। तीन पटक अध्यक्ष भएका कमल थापालाई पुराना पुस्ताको साथ रहँदा लिङ्देन युवा पुस्तामा लोकप्रिय छन्। अध्यक्षत्रयमध्ये पशुपति शमसेर राणाले पनि निर्वाचन नलड्ने बताइसकेका छन् ।

संघीयता खारेजी, हिन्दु राज्य र राजतन्त्रको पक्षमा उभिँदै राप्रपाका दुई अध्यक्ष यहि एजेण्डा बोकेर अधिवेशनमा होमिएको छ। महाधिवेशन पर्सिसम्म चल्नेछ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : २३ बजे

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ