नवनियुक्त आर्थिक मामिलामन्त्री विष्टद्वारा शपथग्रहण « Khabarhub

नवनियुक्त आर्थिक मामिलामन्त्री विष्टद्वारा शपथग्रहण


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले विष्टलाई मंगलबार पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । शपथपछि उनले पदबहाली गरेका छन् ।

विष्टलाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मंगलबार नै मन्त्रीमा नियुक्त गरेका थिए । विष्टलाई मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारको मन्त्रिपरिषद् तीन सदस्यीय बनेको छ ।

सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त बैठकले विष्टलाई मन्त्रीमा सिफारिस गरेको थियो । उनी नेकपा (माओवादी केन्द्र) प्रदेशसभा सदस्य हुन्।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ५८ बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’