कांग्रेस महाधिवेशन : रसुवाको सभापतिमा तामाङ सर्वसम्मत | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : रसुवाको सभापतिमा तामाङ सर्वसम्मत


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – नेपाली कांग्रेस रसुवाको १४औँ जिल्ला अधिवेशनले पेम्बाछिरिङ तामाङलाई सभापतिमा पुनः सर्वसम्मत चयन गरेको छ । उनी यसअघि पनि पार्टीको जिल्ला सभापति थिए ।

मङ्गलबार सम्पन्न जिल्ल अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि २६ तथा प्रदेश अधिवशेन प्रतिनिधिमा ३६ जना छनोट गरेको छ । मुख्य निर्वाचन अधिकृत शर्मिला थापाका अनुसार उपसभापतिमा ओमप्रसाद आचार्य र फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा र लक्ष्मण देवकोटा तथा सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चयन भएका छन् ।

यसैगरी केन्द्रिय महाधिवेशन प्रतिनिधिमा मोहन आचार्य, लामाकार्पू तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौऔदी तामाङ, मङ्गले तामाङ, उपेन्द्र लम्साल, केदारप्रसाद देवकोटा, राजु तितुङ, हरिकृष्ण देवकोटा, दावा मेन्दो तामाङ, चन्द्रकुमारी पनेरु, सार्किवुट्टी तामाङ, सुनितामाया गुरुङ, डुदार्के तामाङ, छिरिङ फिन्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङनी, लालुमाया घले, सिता तामाङ, शशि अधिकारी, सरला देवकोटा, नुर्वूसाङ्बो घले र अनिल भुषाल सर्वसम्मत चयन भएका छन् ।

यस्तै प्रदेशसभा ‘क’ को सभापतिमा श्यामकुमार गुरुङ सर्वसम्मत छनोट भए । उपसभापतिमा रिक्चेन तामाङ र राजकुमार घले, सचिवमा एमबी लामा थोक्रा र तारानाथ पौडेल तथा सहसचिवमा राजु तामाङ र विशाल घले सर्वसम्मत चयन भएका छन् । प्रदेशसभा ‘ख’ को सभापतिमा बुचुङ तामाङ, उपसभापतिमा लाक्पा कामी तामाङ र सिङ्गी लामा, सचिवमा निलनाथ आचार्य र खुवाबहादुर तामा तथा सहसचिवमा सुदिप गुरुङ र राजु तामाङ सर्वसम्मत छनोट भएका छन् ।

यसैगरी प्रदेशसभा (क) बाट क्षेत्रीय अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा जयराम देवकोटा, तेम्पानुर्पू तामाङ, डिलबहादुर मोक्तान, प्रशुनराज गुरुङ, ओमबहादुर घले, दावा ग्याल्सेन तामाङ, अनिल थिङ तामाङ, अन्जिता तामाङ, अमृता पौडेल, बिबिरानी तामाङ, फुर्पू ग्याम्जो तामाङ, कामीसिदार तामाङ, कुमार ग्याम्दाङ, सानुमाया तितुङ, कर्मो तामाङ, दुर्गानाथ न्यौपाने, भोजबहादुर विक, गोरमेन नेकोर तामाङ सर्वसम्मत चयन भएका छन् ।

प्रदेशसभा (ख) बाट क्षेत्रीय अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा इश्वरलाल श्रेष्ठ, बुद्धिबहादुर ढकाल, सुनिलकुमार पौडेल, सुदर्शनकुमार पौडेल, निर्मल विक्रम गोले, धनबहादुर गुरुङ, अभिनाश तामाङ, मनकला थापा मगर, शेषकुमारी अधिकारी, सोनाम घले, मकरकुमार तामाङ, उदय लामा, विद्यालक्ष्मी श्रेष्ठ, उचिमाया तामाङ, रमेशकुमार न्यौपाने, सुमित्रा पौडेल, साङतेम्पा तामाङ घले र प्रेमबहादुर विक सर्वसम्मत छनोट भएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ९ : २४ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो