तीन दिन हिमपातको सम्भावना « Khabarhub

तीन दिन हिमपातको सम्भावना


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पश्चिमी वायुसँगै न्यूनचापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्र (कम दबाब प्रणाली) को प्रभावले आगामी तीन दिन हिमपातको सम्भावना देखिएको छ ।

जल तथा मौसाम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर उक्त प्रणालीका कारण आज बेलुकादेखि देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना देखिनाका साथै उक्त प्रदेशका पहाडी तथा तराईका केही भूभागमा फाटफुटदेखि हल्का वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

यी प्रणालीका कारण आगामी दिनमा तापक्रममा गिरावट आई चिसो बढ्नसक्ने सम्भावना रहेको बताइएको छ । विभागले यस मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

आगामी आइतबार साँझदेखि पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव तीन डिग्री र अधिकतम तापक्रम २१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १२ : ०७ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

रास्वपालाई यी १९ जिल्लाको भर, समानुपातिकमा ठूलो भूगोल छुट्दा पहिलो दल हुनै मुस्किल

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको

यस्तो छ, समानुपातिकको बन्द सूची

काठमाडौं– निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधनमा चीनद्वारा शोक व्यक्त 

एजेन्सी– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की