विप्लव नेतत्वको नेकपा विभाजित, नेकपा (क्रान्तिकारी) पार्टी गठन « Khabarhub

विप्लव नेतत्वको नेकपा विभाजित, नेकपा (क्रान्तिकारी) पार्टी गठन


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट विभाजन भई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरिएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गत कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरूको ऐतिहासिक भेलाले उत्पादनसहितको सशस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी) को गठन गरिएको जानकारी दिइएको छ ।

नेपाली क्रान्तिको रक्षा गर्दै श्रमजीवि वर्गको मुक्तिका लागि गठन भएको विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाबिहीन काल्पनिक बाटोमा लागेको भन्दै पूर्णतः असफल भएको नवगठित क्रान्तिकारीले धारणा राखेको छ ।

कार्यक्रममा प्रचार विभागका प्रमुख अमर गोपालीले २६ र २७ कात्तिकमा रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरूको ऐतिहासिक भेलाले उत्पादनसहितको सशस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा(क्रान्तिकारी)को गठन गरेको जानकारी दिए ।

नवगठित पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको जनाइएको छ । त्यस्तै, उक्त पार्टीमा ८१ जनाको केन्द्रीय समिति, १५ जनाको पोलिटब्युरो र सात जनाको स्थायी कमिटी सचिवालय गठन गरिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  २ : ०२ बजे

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले

कांग्रेसकी कान्छी उम्मेदवार अभिप्सालाई पाँच प्रश्न 

काठमाडाैँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा १८ वर्षीया अभिप्सा पौडेलले केन्द्रीय

दसैँको टीकाको उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँको

बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

बिराटनगर– बिराटनगर महानगरपालिकामा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालन भएपछि

भत्काउन थालियो जेन-जी आन्दोलनमा खण्डहर बनेको पोखरा महानगरको भवन (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनको क्रममा ध्वस्त भएको पोखरा महानगरपालिकाको भवन भत्काउन