नेपाललाई कमजोर बनाउन धर्मनिरपेक्ष घोषणा गरियो : प्रकाशचन्द्र लोहनी « Khabarhub

नेपाललाई कमजोर बनाउन धर्मनिरपेक्ष घोषणा गरियो : प्रकाशचन्द्र लोहनी


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दु र बौद्ध धर्म जोगाएर प्रवर्द्धन गर्दै अघि बढ्ने हो भने नेपाललाई विश्वकै तीर्थस्थल बनाउन सकिने बताएका छन् ।

काठमाडौँमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले धर्मनिरपेक्ष घोषणा नेपालको धर्म संस्कृति मास्ने काम भएको आरोप लगाए ।

देशलाई कमजोर बनाउन त्यस देशको धर्ममाथि प्रहार हुने गरेको भन्दै उनले नेपाललाई पनि कमजोर बनाउन धर्म परिवर्तन गराउन धर्मनिरपेक्ष घोषणा गरिएको बताए । नेपालमा चारधाम रहेको भन्दै उनले १८० करोड मानिसको तीर्थाटनका लागि नेपाल आउँदा यहाँको अवस्थामा परिवर्तन हुने बताए ।

विकासका नाममा भ्रष्टाचार भएको भन्दै उनले तर, जनता भोकभोकै, रोग र शोकले जीवन गुमाउनु परेको बताए । ध्रुविकरण, राजनीति र प्रजातन्त्रको नाममा मुलुकमा भ्रष्टाचार बढेको उनको भनाइ छ ।

आफूलाई चाहिए अध्यादेश ल्याउने र काम सकिएपछि अध्यादेश फिर्ता लिने कार्य भइरहेको र यसले कानुनी राज्यको उपहास गरेको डा। लोहनीले बताए । यस महाधिवेशनले नेता र कार्यकर्तालाई बाँधेर अघि बढाउने विधान बनाउनुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ४ : ३९ बजे

इंग्याण्डसँग पराजित भएपछि कप्तान पौडेल : हारबाट निराश छु, टिमप्रति गर्व छ

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको हारबाट

झापा गोल्डकपः त्रिभुवन आर्मी क्वार्टरफाइनलमा

झापा – एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणअन्तर्गत

‘फेक रेस्क्यू’ प्रकरण : सिद्धि अस्पतालका सञ्चालक डा तिमिल्सिना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले झुट्ठा उद्दार प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय

असमानता अन्त्यका लागि हाम्रो पार्टी सरकारमा पुग्नुपर्छः सभापति लामिछाने

नवलपरासी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशमा

इंग्ल्याण्डसँग नेपाल पराजित भएपछि प्रधानमन्त्री कार्कीले भनिन्ः आशा अझै बाँकी छ

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत इंग्ल्याण्डसँग भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल