नेपाललाई कमजोर बनाउन धर्मनिरपेक्ष घोषणा गरियो : प्रकाशचन्द्र लोहनी | Khabarhub Khabarhub

नेपाललाई कमजोर बनाउन धर्मनिरपेक्ष घोषणा गरियो : प्रकाशचन्द्र लोहनी


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दु र बौद्ध धर्म जोगाएर प्रवर्द्धन गर्दै अघि बढ्ने हो भने नेपाललाई विश्वकै तीर्थस्थल बनाउन सकिने बताएका छन् ।

काठमाडौँमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले धर्मनिरपेक्ष घोषणा नेपालको धर्म संस्कृति मास्ने काम भएको आरोप लगाए ।

देशलाई कमजोर बनाउन त्यस देशको धर्ममाथि प्रहार हुने गरेको भन्दै उनले नेपाललाई पनि कमजोर बनाउन धर्म परिवर्तन गराउन धर्मनिरपेक्ष घोषणा गरिएको बताए । नेपालमा चारधाम रहेको भन्दै उनले १८० करोड मानिसको तीर्थाटनका लागि नेपाल आउँदा यहाँको अवस्थामा परिवर्तन हुने बताए ।

विकासका नाममा भ्रष्टाचार भएको भन्दै उनले तर, जनता भोकभोकै, रोग र शोकले जीवन गुमाउनु परेको बताए । ध्रुविकरण, राजनीति र प्रजातन्त्रको नाममा मुलुकमा भ्रष्टाचार बढेको उनको भनाइ छ ।

आफूलाई चाहिए अध्यादेश ल्याउने र काम सकिएपछि अध्यादेश फिर्ता लिने कार्य भइरहेको र यसले कानुनी राज्यको उपहास गरेको डा। लोहनीले बताए । यस महाधिवेशनले नेता र कार्यकर्तालाई बाँधेर अघि बढाउने विधान बनाउनुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ४ : ३९ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी