एनएमबी बैंक बन्यो – ‘बैंक अफ दि इयर एसिया २०२१’ « Khabarhub

एनएमबी बैंक बन्यो – ‘बैंक अफ दि इयर एसिया २०२१’


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त बैंक एनएमबी बैंकले आफ्नो सम्मानको सुचीमा अर्को एउटा प्रतिष्ठित पुरस्कार थपेको छ।

बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डका लागि एनएमबी बैँकलाई छनोट गरेको छ । यो पुरस्कार पाउने एनएमबी पहिलो नेपाली बैंक हो ।
चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको छ ।

यो सँग–सँगै एनएमबीले ‘बैंक अफ द इयर २०२१’ को अवार्ड पनि जितेको छ । एनएमबीको यो ५ वर्षमा चौँथो अवार्ड हो । द बैंकर म्यागजिन, लण्डनबाट पुरस्कारको आधिकारिक घोषणा भएको सोही दिनमै एभरेष्ट होटलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अवार्डको घोषणा गरिएको हो ।

बैंकका अध्यक्षले, सञ्चालक समितिका सदस्यहरु तथा एनएमबीका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा सो उपाधि प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट अवार्ड ग्रहण गरे ।

उपाधिका लागि बैंकलाई बधाईँ दिँदै प्रधानमन्त्री देउवाले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ जस्तो विश्व–प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबी बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताए ।

सन् २००० मा स्थापित ‘बैंक अफ दि इयर अवार्ड’ प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ ।

बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएक ागतिविधिहरू, र प्रतिकुल परिस्थितिको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।

दिगो बैंकिङको लागि बैंकले गरेको पहल, डिजिटल रुपान्तरण र उच्च कर्पोरेट कार्यशैलीप्रति बैंकको प्रतिबद्धता जस्ता मानकहरुले एनएमबीले यो अवार्ड जितेको हो । बैंकले दिगो संगठनात्मक संरचनामा आफ्नो पहिचान बनाएको छ र यसैले यसलाई यो प्रतिष्ठित पुरस्कारका लागि योग्य विजेता बनाएको छ ।

बैँकको विकास प्रक्षेपणमा पनि उल्लेखनीय वृद्धि भएको छ जुन बैँकको लगातार वृद्धि भईरहेको ब्यालेन्स सिटले पुष्टि गर्छ । परम्परागत बैँकिङभन्दा एक कदम अगाडि बढेर बैंकले डिजिटल रुपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै नेपाली बैंकिङ उद्योगमै पहिलोपल्ट स्थानीय ऋण–पत्रजारी गर्ने, विदेशी ऋण सम्झौता जारी गर्ने, बैंकिङ कारोबारको लागि ओम्नी च्यानलको प्रयोग गर्ने, भिडियो कलमार्फत केवाईसी अपडेट गर्ने सुविधा ल्याउने र ‘एनएमबी सापटी’मार्फत २४ घण्टाभित्रै कागजी झन्झट बिना सापटी कर्जा प्रवाह गर्ने जस्ता नवीनतम सेवाहरु प्रदानगर्दै आइरहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : १८ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को