त्रिभुवन विमानस्थलमा सटल बस सेवा सुरु « Khabarhub

त्रिभुवन विमानस्थलमा सटल बस सेवा सुरु


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालनको बुधबार शुभारम्भ गरेका छन् ।

विमानस्थलभित्र सञ्चालन हुने ट्याक्सीले मनोमानीरूपमा ग्राहकसँग लिँदै आएको पैसा रोक्न मन्त्री आलेले विमानस्थलको आन्तरिक टर्मिनलभित्रै यात्रुवाहक बस सवा सुरु गरेका हुन् । विमानस्थलमा यात्रु बोक्ने ट्याक्सीबाट ग्राहक ठगिएको गुनासो बढेपछि गोल्डेनगेट तथा उक्त गेटबाट आन्तरिक टर्मिनलभित्र यात्रु बोक्नका लागि उक्त बस सेवा सञ्चालन गरिएको हो ।

सेवा शुभारम्भ गर्दै मन्त्री आलेले स्वयं यात्रुवाहक माइक्रोबसमा बसेर यात्रा गरेका थिए । उनले यात्रुसँगै माइक्रोबसमा बसेर विमानस्थलको गोल्डेनगेटसम्मको यात्रा गरे।

उक्त बस सेवा विमानस्थलको आन्तरिक हवाइसेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो । निःशुल्क बस सेवासँगै वैदेशिक रोजगारमा जाने तथा विदेशबाट आउने श्रमिकका लागि विमानस्थलमा विश्रामस्थलको पनि व्यवस्था गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त निःशुल्क बस सेवा सञ्चालन गरेको हो । निःशुल्क बस सेवा सञ्चालन भएपछि यात्रुलाई सहज भएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : ३२ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६