आज २०७७ पुस १८ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०७७ पुस १८ गते शनिबारको राशिफल


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७७ पुस १८ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

 

मेष

बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।

बृष

काममा सफलता मिल्नेछ । आर्थिक पक्ष सफल रहनेछ । पारिवारिक सद्भाव रहनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साथिभाईको सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ। धार्मिक कार्यमा रूची बढ्नेछ ।

मिथुन

लामो समयपछि पूर्ववत जिम्मेवारीमा फर्कनु हुनेछ । साथिभाइले तपाईँको कामको तारिफ गर्नेछन् । अग्रजको साथ सहयोग रहँदा मन हर्षित हुनेछ । सत्रु पक्ष पाखा लाग्ने छन् । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ व्यक्तिसँगको सम्बन्ध विस्तार हुँदै जानेछ । शैक्षिक क्षेत्र सफल रहला ।

कर्कट

लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । छोटो यात्राको योग छ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ । काम देखाएर अरूलाई प्रभावित पार्न सक्नु हुनेछ ।

 सिंह

अधिकार प्राप्तीका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य समस्या बल्झिन सक्छ । पढाइमा राम्रै प्रगति हुनेछ । आफन्तबाट टाढिनु पर्न सक्छ । आफ्ना योजना गोप्य राखेर गरेको काममा सफलता मिल्ला । निर्णय लिनुअघि अग्रजको सल्लाह लिनु उपयुक्त हुनेछ ।

कन्या

पारिवारिक वातावरण तपाईंको अनुकूल छैन । खर्च अनुरूपको आम्दानी नहुँदा आर्थिक पक्ष कमजोर रहनेछ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। प्रेममा खटपट हुन सक्छ । नजिकको मित्रबाट पनि धोका हुन सक्छ । पितासँगको सम्बन्ध सुधार हुनेछ ।

तुला

मानसम्मानको योग छ । सामाजिक ख्याति बढ्नेछ । अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता हात पर्ला । छातीसम्बन्धी समस्या देखिन सक्छ ।

बृश्चिक

शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ । बन्धु–बान्धवबाट सहयोग पनि मिल्नेछ । आर्थिक पक्ष कमजोर रहनेछ । सरकारी निकायको भय रहला । चोटपटकको भय पनि रहेकाले साबधानी रहनु होला । शुभ समाचार सुन्न पाइनेछ ।

धनु

कला र गलाको प्रभाव बढ्नेछ । अग्रजको सद्भाव रहनेछ । राजनीतिक तथा पेशागत क्षेत्रमा पदोन्नतीको योग छ । खर्च बढ्नाले आर्थिक पक्षले सताउन सक्छ । सन्तान सुखको योग छ ।

मकर

धार्मिक यात्राको योग छ । अधुरा कामले पूर्णता पाउन सक्छ । पेटसम्बन्धी समस्या हुन सक्ने छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । प्रेमी प्रेमिकाबीच कशिलो सम्बन्ध बन्नेछ । शैक्षिक क्षेत्र मध्यम नै रहनेछ ।

कुम्भ

सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्वको साथ सहयोग रहनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्ला । दाजुभाइसँगको सम्बन्ध राम्रो बन्नेछ । अचल सम्पत्ती हात पार्ने योग छ ।

मीन

आम्दानीका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मन उत्ताउल हुन सक्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । सरसामान हराउन सक्ने भएकाले साबधानी अपनाउनु होला । स्वास्थ्य सुधारोन्मुख हुँदै जानेछ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ५ : ३६ बजे

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्

चीनमा सवारीसाधनको बिक्रीमा उत्साहजनक वृद्धि

बेइजिङ – चीनमा सवारीसाधनको बिक्री मे महिनामा उल्लेखनीय रूपमा वृद्धि

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

झापा – झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर

आजका समाचार : संसद्मा हलो अड्किएको अड्कियै, नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा र ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं-तराई\मधेस द्रुतमार्गको समस्याबारे प्रधानमन्त्रीसँग छलफल प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस

गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, उर्जामन्त्रीले गरे उद्घाटन 

नवलपरासी– उर्जामन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको