सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने प्रचण्ड–नेपाल पक्षको घोषणा (भिडियोसहित) « Khabarhub

सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने प्रचण्ड–नेपाल पक्षको घोषणा (भिडियोसहित)

पुस २० देखि माघ २३ गतेसम्मका कार्यक्रम तय


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा देशव्यापी आन्दोलन गर्ने घोषणा आज पत्रकार सम्मेलनबाट गरिएको हो ।

आन्दोलन शान्तिपूर्ण हुने भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभरबाट सरकारको खबरदारी गर्ने बताए ।

आन्दोलनका कार्यक्रम पुस २० गतेदेखि माघ २३ गतेसम्मका कार्यक्रम रहेका छन् । आन्दोलन अन्तर्गत जिल्ला, पालिका, वडा तहसम्म अन्तर्क्रिया, छलफल, विरोध प्रदर्शन लगायतका छन् ।

आगामी माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रमा मोटरसाइकल र्‍याली गर्ने कार्यक्रम रहेको छ । संसद पुनःस्थापनाको माग गर्दै प्रचण्ड–नेपाल नेकपाले पहिलो चरणको आन्दोलन गरिसकेको छ ।

संसद विघटन गर्दै सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ ।

हेरौँ भिडियो

हेर्नुहोस प्रचण्ड नेपाल समूहको विज्ञप्ति

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ३ : ४८ बजे

विद्युत् पोलका कारण निर्माणको काम नरोकिने समझदारी बन्यो : मन्त्री लम्साल

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विकास निर्माण कार्यमा

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

फिशिङ लिंकयुक्त एसएमएसप्रति सतर्क रहन दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट आउने

चितवनबाट अपहरणमा परेका बालक काठमाडौंमा, पाँच भारतीय पक्राउ

काठमाडौं । चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ

संसदीय समितिमा यातायातको चर्चा : चालक अभावदेखि भारतीय गाडीले पूर्वाधार बिगारेकोसम्म

काठमाडौं- प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये मंगलबार पूर्वाधार विकास समितिको