काठमाडौं उपत्यकामा थपिए १५४ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए १५४ कोरोना संक्रमित


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५४ कोरोना संक्रमित थपिएका छन्।

गत २४ घण्टामा भेटिएका ४१९ संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्र १५४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा १२४, भक्तपुरमा ५ र ललितपुरमा २५ जना संक्रमित थपिएका हुन ।

योसँगै काठमाडौंमा कूल संक्रमितको संख्या ९७ हजार ४ सय ४८ पुगेको छ। जसमध्ये ९४ हजार १२ जना निको भएका छन् भने ४७३ जनाको मृत्यु भएको छ।

हाल काठमाडौंमा २ हजार ८६३ जना सक्रिय संक्रमित छन्।

यसैगरी भक्तपुरमा कोरोना संक्रमितको संख्या ८ हजार ६२६ पुगेको छ । जसमध्ये ८ हजार ९०७ जना निको भएका छन् भने १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

भक्तपुरमा हाल १७५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यसैगरी ललितपुरमा कुल संक्रमितको संख्या १५ हजार ३०४ पुगेको छ जसमध्ये १४ हजार ७८५ जना निको भएका छन् भने १४६ को मृत्यु भएको छ ।

ललितपुरमा हाल ३७३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ६ : १४ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता