लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी « Khabarhub

लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ ।

कालिका गाउँपालिका–१ ग्राङगाउँबाट उत्तरतर्फको ग्राङपाखा जङ्गलमा आज मध्याह्नबाट शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट सयौँ हेक्टर जङ्गलमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार आगलागी नियन्त्रणका लागि हाल नेपाली सेनाको कालीजङ्ग गण, निकुञ्जका कर्मचारी र स्थानीय बासिन्दा खटिएको छ । आगलागी भएको स्थान बढी भिरपाखा र झाडी क्षेत्र भएकाले नियन्त्रणको प्रयास निरन्तर भइरहेको बताइएको छ ।

आगो लगाउने व्यक्तिको खोजी भइरहेको र त्यस्ता व्यक्तिको गोप्य सूचना दिई संरक्षण कार्यमा सहयोग गरिदिन सम्पूर्ण संरक्षणप्रेमीमा निकुञ्जले आग्रह गरेको छ । क्षतिको यथार्थ विवरण भने आउन सकेको छैन ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ८ : २९ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता