लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी « Khabarhub

लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा आगलागी भएको छ ।

कालिका गाउँपालिका–१ ग्राङगाउँबाट उत्तरतर्फको ग्राङपाखा जङ्गलमा आज मध्याह्नबाट शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट सयौँ हेक्टर जङ्गलमा क्षति पुगेको स्थानीयवासीको भनाइ छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाका अनुसार आगलागी नियन्त्रणका लागि हाल नेपाली सेनाको कालीजङ्ग गण, निकुञ्जका कर्मचारी र स्थानीय बासिन्दा खटिएको छ । आगलागी भएको स्थान बढी भिरपाखा र झाडी क्षेत्र भएकाले नियन्त्रणको प्रयास निरन्तर भइरहेको बताइएको छ ।

आगो लगाउने व्यक्तिको खोजी भइरहेको र त्यस्ता व्यक्तिको गोप्य सूचना दिई संरक्षण कार्यमा सहयोग गरिदिन सम्पूर्ण संरक्षणप्रेमीमा निकुञ्जले आग्रह गरेको छ । क्षतिको यथार्थ विवरण भने आउन सकेको छैन ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ८ : २९ बजे

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले

हात्ती मारेको अभियोगमा पक्राउ

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र