ओमान प्रवेश गर्ने नेपालीलाई कोरोना नेगेटिभको रिपोर्ट अनिवार्य « Khabarhub

ओमान प्रवेश गर्ने नेपालीलाई कोरोना नेगेटिभको रिपोर्ट अनिवार्य


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– नयाँ प्रजातिको कोरोना जोखिमलाई ध्यानमा राख्दै नेपालबाट ओमान प्रवेश गर्ने सबै नेपाली नागरिकले अनिवार्य रुपमा कोरोना नेगेटिभ देखाएको ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ ।

ओमानको नागरिक उड्ययन प्राधिकरणले ओमान प्रवेश गर्ने नेपालीहरुको लागि स्वास्थ्यसम्बन्धि मापदण्डहरु अनिवार्य पालना गर्न आग्रह गरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

पीसीआर रिपोर्ट अंग्रेजी भाषामा भएको हुनुपर्नेछ ।

अब निशुल्क उपचार भएका व्यक्तिबाहेक अरु सबै यात्रुले कोरोनाको उपचार समेत समेटिएको अन्तर्राष्ट्रिय स्वास्थ्य बिमा पनि अनिवार्य साथमा हुनुपर्ने दूतावासले जनाएको छ ।

यात्रा गर्नुपूर्व दूतावासले उपलब्ध गराएको लिंकमा गएर पीसीआर परीक्षणका लागि उपलब्ध पूर्वदर्ता फारम भर्नुपर्नेछ । पीसीआर परीक्षणको शुल्क २५ ओमानी रियाल रहेको दूतावासले जनाएको छ ।

ओमान प्रवेश गर्ने नेपालीले अब आफ्नो मोबाइलमा Tarassud+ एप डाउनलोड गरेको हुनुपर्नेछ । तर १५ वर्ष मुनिका बालबालिकाहरुलाई भने पीसीआर परीक्षण र एप अनिवार्य गरिएको छैन ।

प्राधिकरणको स्वास्थ्य मापदण अनुसार ओमान पुगेपछि सबैले सातदिनसम्म क्वरेण्टीनमा बस्नुपर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  १० : ३४ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग