फागुन २१ बाट दर्शकमाझ ‘गोर्खे’ « Khabarhub

फागुन २१ बाट दर्शकमाझ ‘गोर्खे’


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोर्खे बन्ने सपना बुनेका पाँच युवाको कथा समेटिएको फिल्म ‘गोर्खे’ आगामी फागुन २१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

कोजु इन्टरटेनमेन्टको ब्यानरमा हरि लामा प्रस्तुतकर्ता र तिर्थराम कोजु तथा हरि थापा निर्माता रहेको फिल्मलाई करण श्रेष्ठ ‘क्रेजी’ले वितरण गर्दैछन् । रिलिज मितिसँगै फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक भएको छ ।

पोस्टरमा फिल्मका मुख्य कलाकारहरुलाई फिचर गरिएको छ । नेपालको पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौलगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको फिल्ममा किस्मत गौतमको निर्देशन छ ।

फिल्ममा रवीन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बालदीप राईलगायतको अभिनय छ । फिल्ममा सौरभ लामा र निरज कँडेलको छायांकन, काजी लिम्बुको कथा, पटकथा, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत र मित्र डी गुरुङको सम्पादन छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १२ : ३२ बजे

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक

सहकारीका ऋणीलाई ११ करोड असुली

काठमाडौं– सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ।

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख