नेकपाको आधिकारिकता दाबी गर्न दाहाल-नेपाल निर्वाचन आयोगमा | Khabarhub Khabarhub

नेकपाको आधिकारिकता दाबी गर्न दाहाल-नेपाल निर्वाचन आयोगमा


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पार्टीको आधिकारिकता दाबी गर्न नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल निर्वाचन आयोगमा पुगेका छन् ।

पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न नेकपाको अध्यक्ष दाहाल र नेपाल आयोगको कार्यालय खुलेलगत्तै १० आयोगमा पुगेको नेता शिव कुमार मण्डलले जानकारी दिए ।

उनीहरूका साथमा नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायतका नेताहरू पनि आयोगमा पुगेका छन् ।

साविकको ४४१ केन्द्रीय सदस्यमा बहुमत आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग छ ।

समूहको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भए पनि त्यसले अहिलेसम्म बैधता पाउन सकेको छैन ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ११ : २८ बजे

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको