कर्णालीका पाँच स्थानीय तहमा सौर्य प्रर्णालीबाट विद्युत उत्पादन हुँदै « Khabarhub

कर्णालीका पाँच स्थानीय तहमा सौर्य प्रर्णालीबाट विद्युत उत्पादन हुँदै


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म- वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र काठमाडौँले कर्णालीका पाँच वटा स्थानीय तहमा सौर्य विद्युत प्रणालीको जडान गर्न थालेको छ ।

केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत प्रणाली जडान गर्न लागिएको हो । केन्द्रले कर्णालीका पाँचवटा स्थानीय तहमा तीन महिनाभित्र सौर्य विद्युत प्रणाली जडान गर्न लागेको हो ।

जुम्लाको गुठीचौर गाउँपालिका–२ मुरेली गाउँमा ५०, तिला गाउँपालिका–६ को पोखरी गाउँमा ५०, मुगुको सोरु गाउँपालिका–६ सोरुकोटमा ६०, बारेकोट गाउँपालिका–५ को लिम्सामा १७० र कालीकोटको रास्कोट नगरपालिका–९ फुकोटमा ७५ किलोवाट सौर्य प्रणालीबाट विद्युत उत्पादन गर्ने तयारी केन्द्रले थालेको हो ।

गुठीचौरमा सौर्य विद्युत उत्पादन गर्न ३५ लाख, तिलामा ३३ लाख, सोरुमा ३५ लाख, रास्कोटमा ५० लाख र बारेकोटमा ९५ लाख रकम विनियोजन भएको केन्द्रले जनाएको छ ।

केन्द्रले ९० र स्थानीय तहले १० प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताए ।

‘बोलपत्रका लागि सूचना आह्वान भइसकेको छ । तीन महिनाभित्र सौर्य प्रणाली जडान हुन्छ’, उनले भने, ‘सौर्य विद्युत प्रणालीले नगरपालिकाभित्रका सबै घरधुरीमा उज्यालो हुनेछ ।’

विद्युत्को राष्ट्रिय प्रसारण केन्द्रसँग नजोडिएको कर्णालीका सौर्य ऊर्जाबाट विद्युतको पहुँच वृद्धि गर्ने उद्देश्यले केन्द्रको सहयोगमा सौर्य प्रणालीबाट विद्युत जडानको सम्झौता भएको र त्यसैअनुसार निर्माणको काम पनि अगाडि बढेको जुम्ला गुठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल प्याकुरेलले बताए ।

‘यसभन्दा अगाडि नै केन्द्रसँग गाउँपालिकाले सम्झौता गरेको थियो’, उनले भने ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १ : १५ बजे

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोनलोन’ सेवा आरबीबी डिजिटल संसार एपमार्फत सुरु

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय

सिंहदरबारमा सुनाए प्रचण्डले हिसाब : फागुन २१ को चुनावमा नेकपा पहिलो दल बन्ने सम्भावना छ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सिंहदरबारमा

रवि र उनका साझेदारको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ जारी, आदेश आउन सक्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित

नेप्से ५७ अङ्कले बढ्दा करिब १४ अर्बको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा उल्लेख्य सुधार

युक्रेन,रूस र अमेरिका त्रिपक्षीय वार्ता सकारात्मक, अर्को चरण चाँडै : जेलेन्स्की

युक्रेन– युक्रेन, रूस र संयुक्त राज्य अमेरिकाबीच दुई दिन चलेको