कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको हो : महान्यायाधिवक्ता « Khabarhub

कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको हो : महान्यायाधिवक्ता


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राखेका छन्।

प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि १५ औँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा राखे ।

महान्यायाधिवक्ता खरेलले २०५१ सालमा पनि बहुमतको सरकार हुँदाहुँदै विघटन गर्नुपरेको स्मरण गराउँदै वर्तमान सरकारले पनि पाँच वर्षको कार्यकालका लागि निर्वाचन भए पनि कार्यकाल पूरा गर्न नपाउँदा निर्वाचनमा जानुपरेको स्पष्ट पारे ।

सरकारका प्रमुख कानूनी सल्लाहकारले जनमतको सौदाबाजी गर्नुभन्दा पुनः जनमतमै जानु न्यायोचित हुने ठहर गरिएको बताए ।

पहिलो र दोस्रो पटकको प्रतिनिधिसभा विघटन पनि मन्त्रिपरिषद्को निर्णयबाटै भएको स्मरण गराउँदै उहाँले अहिले पनि मन्त्रिपरिषद्कै निर्णयबाट विघटन भएको बताए ।

‘रिट निवेदनमा राष्ट्रपतिको भूमिका असंवैधानिक भएको भन्ने प्रश्न उठाइए पनि जनतामा जाने राष्ट्रपति नभई प्रधानमन्त्री नै हो’, उनले भने, ‘विघटन भएको प्रतिनिधिसभा फेरि ब्युँतिने अवस्था छैन, प्रतिनिधिसभा मरेको नभई निर्वाचनमा जान मात्र विघटन गरिएको हो ।’

उनले बनेको सरकारलाई काम गर्न नदिई प्रधानमन्त्रीको खुट्टा बाँधिदिएपछि कसरी काम गर्ने भन्ने प्रश्न गर्दै यस्तो अवस्थामा विघटनको विकल्प नभएको तर्क राखे ।

रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएपछि सोमबारदेखि सरकारी पक्षबाट बहस सुरू भएसँगै महान्यायाधिवक्ता खरेलले बहस सुरू गरेका थिए ।

सोमबार दिनभरि बहस गरेर नसकिएपछि उनको बहसलाई आज पनि निरन्तरता दिइएको थियो । महान्यायाधिवक्ता खरेलको बहस सकिएको र अब सरकारी पक्षकै तर्फबाट सहन्यायाधिवक्ता पदमप्रसाद पाण्डेले गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  २ : १५ बजे

प्रचण्ड र जनार्दनको क्षेत्रमा प्रलोपाको आँखालाई एमालेले भोट हाल्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनार्दन शर्मा नेतृत्वको प्रगतिशील

गुन्द्रुकसम्बन्धी राष्ट्रिय कार्यशाला गर्दै हान

काठमाडौं– होटल व्यवसायीहरूको छाता सङ्गठन होटल एशोसिएसन नेपाल (हान) ले भुँड्कामा

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी फोनलोन’ सेवा आरबीबी डिजिटल संसार एपमार्फत सुरु

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बैंकले वित्तीय

सिंहदरबारमा सुनाए प्रचण्डले हिसाब : फागुन २१ को चुनावमा नेकपा पहिलो दल बन्ने सम्भावना छ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सिंहदरबारमा

रवि र उनका साझेदारको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ जारी, आदेश आउन सक्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित