एनसेलले ल्यायो भारतमा कल गर्न सुलभ दरका भ्वाइस प्याक « Khabarhub

एनसेलले ल्यायो भारतमा कल गर्न सुलभ दरका भ्वाइस प्याक


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइसँग कुरा गर्न सक्छन् ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफर अन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुई वटा भ्वाइस प्याकहरु ल्याएको छ ।

Fयो अफर एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्ने कम्पनीले जनाएको छ।

दैनिक भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु २५ मा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथिभाइ वा व्यापार व्यावसायका समकक्षीसँग कुनै पनि भारतीय नम्बरमा १० मिनेट कल गर्न सक्छन् । दैनिक प्याक सुचारु भएपछि २४ घण्टासम्म यसको समयसिमा रहन्छ ।

यो भ्वाइस प्याक खरिद गर्न प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ एस्ट्रिक्स १ ह्यास डायल गरेर खरिद गर्न सकिनेछ ।

त्यस्तैगरी विन्टर अफर अन्तर्गत प्रिपेड ग्राहकका लागि ३ दिने सहुलियत दरको भ्वाइस प्याक पनि रहेको छ । तीन दिनको समयसिमा रहेको यो भ्वाइस प्याक ग्राहकले कर सहित मात्र रु १४ मा खरिद गर्न सक्छन् र मात्र रु १.९९ प्रति मिनेट (कर सहित रु २.५४ प्रति मिनेट) को दरमा भारत कल गरी आफ्ना परिवारका सदस्य तथा साथिभाइसँग सम्पर्कमा रही रहन सक्छन् ।

भ्वाइस प्याक बिना भारत कल गर्दा विद्यमान शुल्क रु २.९९ प्रति मिनेट (कर सहित रु ३.८२ प्रति मिनेट) रहेको छ । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ७ एस्ट्रिक्स २ ह्यास डायल गरी यो भ्वाइस प्याक सजिलै सुचारु गर्न सक्छन् ।

आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप यो योजना ल्याइएको कम्पनीले जनाएको छ । भारतमा रहेका परिवारजन, आफन्त, साथीभाइ वा व्यापार व्यावसायसँग सम्बन्धित समकक्षीहरूसँग सुलभ दरमा कुरा गर्न सकिने गरी प्रिपेड ग्राहकका लागि भ्वाइस प्याक ल्याउन पाएकोमा निकै हर्षित रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  २ : ५७ बजे

चालू आर्थिक वर्षभित्रै सक्नेगरी यातायात विभाग र मुद्रण केन्द्रबीच १७ लाख लाइसेन्स छाप्ने सम्झौता

काठमाडौं- यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच १७ लाख

अमेरिकी नाकाबन्दी तोड्दै इरानका तीन ट्यांकर होर्मुजबाट निस्किए

काठमाडौं- अमेरिकी नाकाबन्दीका बावजुद पनि इरानका तीनवटा तेल ट्यांकर होर्मुज

कांग्रेसले छान्‍न सकेन दलको नेता, अब शीर्ष नेताले सहमति जुटाउने

काठमाडौं- नेपाली कांग्रेसले शुक्रबार पनि संसदीय दलको नेता चयन गर्न

सोमबारदेखि सेयर कारोबारमा ५ प्रतिशतमा पहिलो सर्किट ब्रेक, ८ प्रतिशतमा कारोबार बन्द हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले सेयर कारोबारका नियमहरूमा महत्त्वपूर्ण

भक्तपुर महोत्सवमा एक लाखभन्दा बढीको आगमन, ५० लाखको कारोबार

भक्तपुर- नयाँ वर्ष २०८३ सालको अवसर पारेर भक्तपुरको सल्लाघारी सञ्चालन