बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ « Khabarhub

बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– भद्रपुर नगरपालिकाका एक पुरुष बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

भद्रपुर नगरपालिका–६ की २२ वर्षीया महिलाले आफ्नै ससुरा ५९ वर्षीय पुरुषले बलात्कार गरेको जाहेरी दिएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए।

वडा प्रहरी कार्यालय भद्रपुरले आरोपीलाई सोमबार बेलुका घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो।

जाहेरीका आधारमा प्रहरीले ससुरामाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ६ : ३२ बजे

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक