‘काठमाडौं मेयर कप’ क्रिकेट चैतमा हुने « Khabarhub

‘काठमाडौं मेयर कप’ क्रिकेट चैतमा हुने


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता चैत मसान्तसम्ममा आयोजना हुने भएको छ ।

मंगलबार प्रतियोगिता आयोजनाको एमओयु हस्ताक्षर गर्दै काठमाडौं महानगरपालिका र नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।

एमओयुमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।

पहिलो पटक हुन लागेको काठमाडौं मेयर कप चैत भित्र आयोजना गरिसक्ने जानकारी दिइएको छ । प्रतियोगिता आयोजनाका लागि महानगरपालिकाले क्यानलाई ५० लाख सहयोग गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ९ : ५७ बजे

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक