जापानमा कोभिड–१९ का कारण जारी संकटकाल एक महिना थप « Khabarhub

जापानमा कोभिड–१९ का कारण जारी संकटकाल एक महिना थप


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जापान– जापानले कोभिड–१९ विरूद्धको अभियान अझै सफल भइनसकेको भन्दै आगामी मार्च ७ गतेसम्मका लागि देशव्यापी जारी स्वास्थ्य सङ्कटकाललाई बढाएको छ ।

जापानी प्रधानमन्त्री योशीहिदा सुगाले मङ्गलबार कोभिड–१९ महामारीको कारण लगाइँदै आएको सङ्कटकाललाई थप एक महिनाको लागि विस्तार गरेका हुन ।

सरकारको कोभिड–१९ कार्यदलको बैठकपछि प्रधानमन्त्रीले भन्नुभयो, “जापानका ११ वटा प्रान्तमध्ये हाल टोकियो र छिमेकी कानागावा, चिबा र सैतामा क्षेत्रका साथै ऐचि, गिफु, ओसाका, क्योटो, ह्योगो र फुकुओका क्षेत्रहरुमा रहेको कोभिड–१९ सङ्कटकाललाई थप बढाउने सरकारले घोषणा गरेको हो ।

यसैबीच राजधानीको उत्तरमा अवस्थित तोचिगी प्रान्तमा कोभिडको समस्या कम भएको भन्दै यसलाई आपतकालिन सूचीबाट हटाइने पनि प्रधानमन्त्रीले बताएका छन भने दक्षिण टापु ओकिनावा प्रान्तमा सङ्कटकाल थप गर्ने वा नगर्ने भन्ने निर्णय भइसकेको छैन ।

जापानी सरकारले सबैभन्दा पहिले ग्रेटर टोकियो क्षेत्र र ओसाकालगायत सघन आबादी भएका अन्य प्रमुख सहरी क्षेत्रहरु को लागी जनवरीमा घोषणा गरेको सङ्कटकाल यही फेब्रुअरी ७ मा का लागि रहेको थियो ।

आपतकालिन अवस्थाको घोषणा भएदेखि नै मानिसहरूलाई घरबाहिर अनावश्यक यात्रा गर्नबाट जोगिन र घरबाट काम गर्न आग्रह गरिएको छ ।

जापानभर मङ्गलबारसम्म तीन लाख ८९ हजार ५१८ व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजार ७२२ जनाको मृत्यु भएको छ । जापानको सबैभन्दा बढी प्रभावित राजधानी सहर टोकियोमा सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या एक लाखभन्दा बढी पुगेको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  १० : १७ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि