बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो « Khabarhub

बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा लगियो


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन (एएफपी)- बेलायती राजकुमार फिलिपलाई अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ ।

बेलायती महामारी एलिजावेथ द्वितीयाका ९९ बर्षीय श्रीमान् फिलिपको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो । उनलाई मुटुसम्वन्धी समस्या देखिएपछि परीक्षण समेत गरिएको छ ।

उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनलाई अर्को अस्पताल स्थानान्तरण गरिएको राजदरबारका अधिकारीहरुले जनाएका छन् ।

लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो ।

‘मुटुको अवस्थाकाबारेमा निगरानी गर्दै चिकित्सकहरूले थप उपचारलाई अगाडि बढाएका छन्,’ एक अधिकारीले भने । उनको मुटुमा सङ्क्रमण देखिएको बताइएको छ ।

राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उनकी श्रीमती तथा महारानी एलिजावेथ द्वितीया भने अहिले ९४ वर्ष भएकी छन् ।

उनीहरु दुवै जनाले गत जनवरी ९ तारिखमा कोरोनाविरुद्धको खोप लगाएका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ६ : २५ बजे

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत

सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड

काठमाडौं– सरोकारवालाले ‘पर्यटन विधेयक २०८१’ ल्याउनुपर्नेमा जोड दिएका छन् । 

जापानमा एक्सप्रेस रेलको ठक्करबाट चार कर्मचारीको मृत्यु

टोकियो- जापानमा एक्सप्रेस रेलको ठक्करबाट रेल सेवाका चार कर्मचारीको मृत्यु भएको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

राँझा– बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि