थप एक लाख ३५ हजारलाई कोरोना खोप लगाइने « Khabarhub

थप एक लाख ३५ हजारलाई कोरोना खोप लगाइने


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङमा तेस्रो चरणको कोरोना खोप लगाउने कार्य यही फागुन २३ गतेदेखि सञ्चालन हुने भएको छ ।

स्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो अवधिमा ५५ वर्ष उमेरमाथिका सम्पूर्ण तथा सामुदायिक तथा निजी विद्यालयका छुट शिक्षकलाई खोप लगाइने जानकारी दिइयो ।

तेस्रो चरणअन्तर्गत एक लाख ३५ हजार ४३९ लाई खोप लगाउने लक्ष्य रहेको कार्यालय प्रमुख डा सुरेश मेहताले बताए ।

उनले खोप पूर्णरुपमा सुरक्षित रहेको जानकारी दिँदै कोरोना भाइरस फैलिन नदिने तथा नियन्त्रणका लागि खोप आवश्यक रहेको बताए ।

खोप जिल्लाका सम्पूर्ण स्वास्थ्य केन्द्रबाट लगाइने व्यवस्था गरिएको छ । खोपका लागि आवश्यक दक्षता प्रदान गर्न यही फागुन २० देखि २२ गतेसम्म भ्याक्सिनेटरलाई तालीमको व्यवस्था गरिने भएको छ । खोप लगाउने कार्यको सफल कार्यान्वयनका लागि जिल्लास्थित पालिका, वडा तथा महिला स्वयंसेविकाको बैठक बस्ने भएको छ ।

सम्पूर्ण स्वास्थ्य केन्द्रमा फागुन २२ गतेसम्म खोप पुर्‍याइन आवश्यक व्यवस्था गरिएको डा महेताले जानकारी दिए ।

मोरङ जिल्लामा पहिलो चरणअन्तर्गतको खोप कार्यक्रम गएको माघ १५ देखि २४ गतेसम्ममा कोशी कोभिड अस्पताल, रङ्गेली अस्पताल, मङ्गलबारे अस्पताल, नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, विराट नर्सिङहोम, विराट वृद्धाश्रम र मोरङ कारागारबाट पाँच हजार ८५९ लाई दिएको थियो ।

यसैगरी दोस्रो चरणअन्तर्गत खोप कार्य गएको फागुन १ देखि १० गतेसम्म कोशी कोभिड अस्पताल, रङ्गेली अस्पताल, मङ्गलबारे अस्पताल, पालिकाको स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला प्रहरी कार्यालय, मोरङ, जिल्ला प्रशासन कार्यालय, उच्च अदालत, परिवार नियोजन सङ्घ मोरङ र वीरेन्द्रसभा गृहमा गरी पाँच हजार ३३४ लाई लाइएको थियो ।

जिल्लामा पहिलो र दोस्रो चरणमा गरी जम्मा ११ हजार १९३ लाई ९२ दशमलव प्रतिशत पाँच प्रतिशत प्रगति भएको खोप अधिकृत राम नन्दनले जानकारी दिए ।

विगत एक हप्ता अगाडि तथ्याङ्कअनुसार नेपालमा चार लाख र विश्वमा करिब पाँच करोडले खोप लगाइसकेका छन् भने अहिले पनि विश्वका १३० मुलुकमा खोप नपाएको सोही अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ८ : ५५ बजे

सत्यलाई हतियार बनाएर भ्रम चिर्छौँ, एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्‍याउँछौँ’ : निरज आचार्य

काठमाडौं– नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक