थप एक लाख ३५ हजारलाई कोरोना खोप लगाइने | Khabarhub Khabarhub

थप एक लाख ३५ हजारलाई कोरोना खोप लगाइने


१८ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङमा तेस्रो चरणको कोरोना खोप लगाउने कार्य यही फागुन २३ गतेदेखि सञ्चालन हुने भएको छ ।

स्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो अवधिमा ५५ वर्ष उमेरमाथिका सम्पूर्ण तथा सामुदायिक तथा निजी विद्यालयका छुट शिक्षकलाई खोप लगाइने जानकारी दिइयो ।

तेस्रो चरणअन्तर्गत एक लाख ३५ हजार ४३९ लाई खोप लगाउने लक्ष्य रहेको कार्यालय प्रमुख डा सुरेश मेहताले बताए ।

उनले खोप पूर्णरुपमा सुरक्षित रहेको जानकारी दिँदै कोरोना भाइरस फैलिन नदिने तथा नियन्त्रणका लागि खोप आवश्यक रहेको बताए ।

खोप जिल्लाका सम्पूर्ण स्वास्थ्य केन्द्रबाट लगाइने व्यवस्था गरिएको छ । खोपका लागि आवश्यक दक्षता प्रदान गर्न यही फागुन २० देखि २२ गतेसम्म भ्याक्सिनेटरलाई तालीमको व्यवस्था गरिने भएको छ । खोप लगाउने कार्यको सफल कार्यान्वयनका लागि जिल्लास्थित पालिका, वडा तथा महिला स्वयंसेविकाको बैठक बस्ने भएको छ ।

सम्पूर्ण स्वास्थ्य केन्द्रमा फागुन २२ गतेसम्म खोप पुर्‍याइन आवश्यक व्यवस्था गरिएको डा महेताले जानकारी दिए ।

मोरङ जिल्लामा पहिलो चरणअन्तर्गतको खोप कार्यक्रम गएको माघ १५ देखि २४ गतेसम्ममा कोशी कोभिड अस्पताल, रङ्गेली अस्पताल, मङ्गलबारे अस्पताल, नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, विराट नर्सिङहोम, विराट वृद्धाश्रम र मोरङ कारागारबाट पाँच हजार ८५९ लाई दिएको थियो ।

यसैगरी दोस्रो चरणअन्तर्गत खोप कार्य गएको फागुन १ देखि १० गतेसम्म कोशी कोभिड अस्पताल, रङ्गेली अस्पताल, मङ्गलबारे अस्पताल, पालिकाको स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला प्रहरी कार्यालय, मोरङ, जिल्ला प्रशासन कार्यालय, उच्च अदालत, परिवार नियोजन सङ्घ मोरङ र वीरेन्द्रसभा गृहमा गरी पाँच हजार ३३४ लाई लाइएको थियो ।

जिल्लामा पहिलो र दोस्रो चरणमा गरी जम्मा ११ हजार १९३ लाई ९२ दशमलव प्रतिशत पाँच प्रतिशत प्रगति भएको खोप अधिकृत राम नन्दनले जानकारी दिए ।

विगत एक हप्ता अगाडि तथ्याङ्कअनुसार नेपालमा चार लाख र विश्वमा करिब पाँच करोडले खोप लगाइसकेका छन् भने अहिले पनि विश्वका १३० मुलुकमा खोप नपाएको सोही अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७७, मंगलबार  ८ : ५५ बजे

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मङ्गलबार बस्दैछ । बैठक

रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

रुपन्देही–३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

काठमाडौं– आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा

पोखरीमा डुबेर दुई जनाको मृत्यु

राजविराज – सप्तरीँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय