एमाले नेताद्वय भुसाल र पाण्डेमाथिको कारबाही ‘भद्दा मजाक’ : योगेश भट्टराई « Khabarhub

एमाले नेताद्वय भुसाल र पाण्डेमाथिको कारबाही ‘भद्दा मजाक’ : योगेश भट्टराई


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीलाई ‘भद्दा मजाक’को संज्ञा दिएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेलाई छ महिनाका लागि निलम्बन गरेपछि उनले कारबाहीलाई ‘भद्दा मजाक’को संज्ञा दिएका हुन् ।

“ऋषिमुनी र बुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल : विद्वान, इमान्दार र नैतिकवानहरु माथि कारबाही हुन्छ । मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् । कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ,” प्रचार विभाग प्रमुख भट्टराईले ट्वीट गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बिहीबार भुसाल र पाण्डेलाई छ महिनाका लागि निलम्बन गरेका थिए ।

उनले यसअघि गत सोमबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि छ महिनाका लागि निलम्बन गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : ०४ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न