एमाले नेताद्वय भुसाल र पाण्डेमाथिको कारबाही 'भद्दा मजाक' : योगेश भट्टराई | Khabarhub Khabarhub

एमाले नेताद्वय भुसाल र पाण्डेमाथिको कारबाही ‘भद्दा मजाक’ : योगेश भट्टराई


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाहीलाई ‘भद्दा मजाक’को संज्ञा दिएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेलाई छ महिनाका लागि निलम्बन गरेपछि उनले कारबाहीलाई ‘भद्दा मजाक’को संज्ञा दिएका हुन् ।

“ऋषिमुनी र बुद्धको ज्ञान भूमि अनि मार्क्सवादको उर्वर भूमि नेपालमा आजकाल : विद्वान, इमान्दार र नैतिकवानहरु माथि कारबाही हुन्छ । मुर्ख, भ्रष्ट र अनैतिकहरु पुरस्कृत हुन्छन् । कमरेड घनश्याम र सुरेन्द्रजीमाथि त्यस्तै भद्दा मजाक गरिएको छ,” प्रचार विभाग प्रमुख भट्टराईले ट्वीट गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बिहीबार भुसाल र पाण्डेलाई छ महिनाका लागि निलम्बन गरेका थिए ।

उनले यसअघि गत सोमबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि छ महिनाका लागि निलम्बन गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : ०४ बजे

वीरगञ्ज महानगरको भवन र सवारिसाधन जलेर नष्ट

वीरगञ्ज– जेन-जी प्रदर्शनका क्रममा प्रदर्शनकारीको तोडफोड र आगजनीले वीरगञ्ज महानगरको

काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात चल्न सुरु

काठमाडौँ – देशको अवस्था सामान्य बन्दै गएपछि काठमाडौँ उपत्यकाभित्र सार्वजनिक

काभ्रेमा जनजीवन सामान्य बन्दै

काठमाडौं– नयाँ सरकार गठन भएसँगै गत मंगलबारदेखि ठप्प रहेको काभ्रेमा

कृषिजन्य उत्पादन आपूर्ति तथा ढुवानी सहज बनाउन अनुरोध

काठमाडौं– कृषि विभागले कृषिजन्य उत्पादन सहज रूपमा आपूर्ति तथा ढुवानीको

पर्यटन क्षेत्र प्रभावित हुने चिन्ता

गण्डकी– मुख्य पर्यटकीय याम (असोज–कात्तिक) सुरु हुँदैछ । दसैँ, तिहार