एनभीए भलिबल लिग : विभागीय टोलीको विजयी शुरुवात « Khabarhub

एनभीए भलिबल लिग : विभागीय टोलीको विजयी शुरुवात


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँचौँ संस्करणको राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा विहीबारदेखि शुरु भएको प्रतियोगितामा एपीएफले बुलबुले रारा क्लबलाई ३–१ सेटले पराजित गरेको हो ।

एपीएफले बुलबुले क्लबलाई २५–२०, २८–२६, १८–२५ र ३२–३० सेटमा हराएको हो । बुलबुलेले तीन पाकिस्तानी खेलाडीलाई आफ्नो टोलीमा समावेश गरे पनि एपीएफविरुद्धको खेल जित्न सकेन । एपीएफले पनि पहिलो र दोस्रो सेट जितेपनि तेस्रो सेटमा पराजय भोग्यो । एपीएफले चौथो सेट पनि मुश्किलले जितेको थियो ।

पुरुषतर्फ आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सेटमा पराजित गर्यो । आर्मीले मणिमुकुन्दमाथि २५-१७,२५-१४ र २५-२१ को सेटमा जित निकालेको हो ।

यस्तै आजै सम्पन्न पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले नयाँबजारलाई २५–९, २५–२१ र २५–१६ अङ्कले पराजित गरेको हो ।

यस्तै महिलातर्फको खेलमा न्यू डायमण्ड क्लबले ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा हरायो । न्यू डायमण्डले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–६, २५–२ र २५–५ अङ्कले पराजित गरेको हो । प्रतियोगितामा पुरुषतर्फ सात तथा महिलातर्फ छ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

महिलातर्फ एपिएफ, आर्मी, पुलिस, न्यू डायमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद् तथा पुरुषतर्फ एपिएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, नयाँ बजार सामाजिक युवा क्लब र मणिमुकुन्द सहभागी छन् ।

महिला र पुरुषतर्फको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, तेस्रोले रु ७६ हजार तथा चौथोले रु ३७ हजार ५०० पुरस्कार प्राप्त गर्ने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही रु २५ हजार तथा उत्कृष्ट लिबरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : ३२ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट