भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए ८१ हजार बढी संक्रमित « Khabarhub

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए ८१ हजार बढी संक्रमित


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा थप ८१ हजार ४४१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो ।

यसअघि हिजो ७१ हजार १८१ जनामा कोरोना पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा ८१ हजार ४४१ जनामा कोरोना पुष्टी भएको वर्ल्डओमिटरले जनाएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २३ लाख २ हजार ११० पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १५ लाख २२ हजार ८८४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख १५ हजार ७९८ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६३ हजार ४२८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ४६८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : १२ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका