विवाहको डेढ महिनामै दिया गर्भवती « Khabarhub

विवाहको डेढ महिनामै दिया गर्भवती


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री दिया मिर्जाले गत फेब्रुअरी २५ मा व्यापारी वैभव रेखीसँग विवाह गरिन् । वैभवसँग विवाह गरेको डेढ महिनामा उनी गर्भवती भएकी छन् ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार दिया आफैंले सामाजिक सञ्जालमार्फत गर्भवती भएको खबर सार्वजनिक गरेकी हुन् ।

दियाले सार्वजनिक गरेको तस्वीरमा उनको बेबी बम्प प्रष्ट देख्न सकिन्छ । उनले तस्वीर पति वैभवले खिचेको उल्लेख गरेकी छन् ।

दिया हालका दिनमा पति वैभवका साथ मालदिभ्समा हनिमुन मनाइरहेकी छन् । उनले हरेक दिनको भिडियो तथा तस्वीर सामाजिक सञ्जालमा राखिरहेकी छन् ।

उनले हनिमुनमा सौतेली छोरी समायरालाई पनि लिएर गएकी छन् । समायरा दुवैको विवाहमा सहभागी भएकी थिइन् ।

वैभवसँग दियाको दोस्रो विवाह हो । यसअघि सन् २०१४ मा लामो डेटिङपछि साहिल संघासँग उनले विवाह गरेकी थिइन् । तर सन् २०१९ मा उनीहरुले आपसी समझदारीमा सम्बन्धविच्छेद गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ९ : ०० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका