विवाहको डेढ महिनामै दिया गर्भवती « Khabarhub

विवाहको डेढ महिनामै दिया गर्भवती


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री दिया मिर्जाले गत फेब्रुअरी २५ मा व्यापारी वैभव रेखीसँग विवाह गरिन् । वैभवसँग विवाह गरेको डेढ महिनामा उनी गर्भवती भएकी छन् ।

नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार दिया आफैंले सामाजिक सञ्जालमार्फत गर्भवती भएको खबर सार्वजनिक गरेकी हुन् ।

दियाले सार्वजनिक गरेको तस्वीरमा उनको बेबी बम्प प्रष्ट देख्न सकिन्छ । उनले तस्वीर पति वैभवले खिचेको उल्लेख गरेकी छन् ।

दिया हालका दिनमा पति वैभवका साथ मालदिभ्समा हनिमुन मनाइरहेकी छन् । उनले हरेक दिनको भिडियो तथा तस्वीर सामाजिक सञ्जालमा राखिरहेकी छन् ।

उनले हनिमुनमा सौतेली छोरी समायरालाई पनि लिएर गएकी छन् । समायरा दुवैको विवाहमा सहभागी भएकी थिइन् ।

वैभवसँग दियाको दोस्रो विवाह हो । यसअघि सन् २०१४ मा लामो डेटिङपछि साहिल संघासँग उनले विवाह गरेकी थिइन् । तर सन् २०१९ मा उनीहरुले आपसी समझदारीमा सम्बन्धविच्छेद गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ९ : ०० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी