‘मेरो सपना, मेरो भविष्य’ शीर्षकमा राष्ट्रियस्तरको निबन्ध प्रतियोगिता हुँदै « Khabarhub

‘मेरो सपना, मेरो भविष्य’ शीर्षकमा राष्ट्रियस्तरको निबन्ध प्रतियोगिता हुँदै


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रीड नेपालले राष्ट्रियस्तरको निबन्ध प्रतियोगीताको आयोजना गरेको छ । क्विक इम्प्याक्ट प्रोजेक्ट लागु भएका ६ जिल्लाका ६० विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी लक्षित निबन्ध प्रतियोगिताको आयोजना गरिएको प्रोजेक्टका टिम लिडर गीता सुवेदीले जानकारी दिईन् ।

जाइका र आसी नेटको आर्थिक सहयोगमा कोरोनाको कहरपछि विद्यालय छाड्ने दरलाई घटाउने र रेडियोबाट सिकाउने द्येयसहित किशोरी लक्षित संचालित ‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ अन्तर्गत ‘मेरो सपना, मेरो भविष्य’ शीर्षकमा निबन्ध प्रतियोगीताको आयोजना गरिएको हो ।

लैङिगक समानता तथा सामाजिक समावेशीकरणलाई ध्यानमा राख्दै रेडियो कार्यक्रम ‘मेरो रेडियो पाठशाला, मेरो भविष्य’मा समाबेश विषयवस्तुलाई आधार मानेर प्रतियोगीतामा सहभागी बन्न सकिने रीड नेपालले जनाएको छ ।

टिम लिडर सुवेदीले भनिन्, ‘निबन्धमा ‘मेरो रेडियो पाठशाला, मेरो भविष्य’को रेडियो कार्यक्रममा समाबेश किशोरी शिक्षा, यौन तथा लैङिगकतामा आधारित हिंसा, सूचना प्रविधि, स्वास्थ्य, आर्थिक सशक्तिकरण, जिविकोपार्जन लगायतका विषयमा परेको प्रभाव झल्कनुपर्नेछ ।’

महिला शसक्तिकरण, दिगो विकास र ‘सम्बृद्ध नेपाल र सुखी नेपाली’भन्ने नारालाई साकार पार्न क्विक इम्प्याक्ट प्रोजेक्टले समाजमा भएका नकारात्मक अभ्यासहरुलाई कम गर्न, कोरोना भाईरस (कोभिड १९) महिला तथा किशोरीहरुमा परेको प्रभाव र समाधानका उपायहरु, आफ्नो भविष्य र सपना प्रतिको दृढतालाई अनिवार्य अभिव्यक्त गर्नुपर्ने बताइएको छ ।

खोटाङ, ओखलढुंगा, सिन्धुली, ताप्लेजुङ, रुपन्देही र बझाङका ‘क्विक इम्प्याक्ट प्रोजेक्ट’ लागु भएका विद्यालयहरुका विद्यार्थीले प्रतियोगीतामा सहभागी बन्न पाउनेछन् । एक हजार शब्द नघटाई लेख्न पाईने निबन्ध कार्यक्रम लागु भएका ६० वटा विद्यालयमा प्रत्यक्ष लेखन प्रतियोगीता संचालन गर्ने र हरेक विद्यालयबाट उत्कृष्ट एक निबन्ध फाइनल भिडन्तका लागि केन्द्रमा ल्याइनेछ ।

६ जिल्लाबाट प्राप्त ६० निबन्धमध्ये उत्कृष्ट ६ निबन्ध छनौटमा पर्नेछन् । त्यसमध्ये प्रथम, द्धितीय र तृतीयका साथै सान्त्वना ३ जनालाई पुरस्कृत गरिनेछ । विजेता विद्यार्थीले ३० हजार, २५ हजार, २० हजार र १५–१५ हजारको साथमा प्रमाण–पत्र प्रदान गरिनेछ ।

विद्यालय तहमा प्रथम हुने विद्यार्थीलाई पनि एक–एक हजारको साथमा प्रमाण–पत्र प्रदान गरी तयारी गरिएको छ । अन्तिम विजेता विद्यार्थीको निबन्ध राष्ट्रियस्तरको सञ्चारमाध्यमबाट प्रसारण वा प्रकाशन गर्ने योजना समेत रहेको छ ।

३० अप्रिलसम्म विद्यालयस्तरको निबन्ध प्रतियोगीता गरेर उत्कृष्ट निबन्ध रीड नेपालको केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्नेछ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १० : ०९ बजे

रास्वपाको एकल बहुमतले राजनीतिक जोखिम कम गर्ने र आर्थिक सुधारको ढोका खोल्ने : फिच रेटिङ

काठमाडौं– अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ’ ले नेपालको पछिल्लो

पश्चिम एसियामा द्वन्द्व : उद्धार तथा आवश्यक सहायताका लागि विवरण दर्ता क्रम जारी

काठमाडौं– पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको

धनुषा-१ मातृका यादव विजयी भएको विवरण आयोगले गर्‍यो वेबसाइटमा अपडेट

काठमाडौँ – निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ को प्रत्यक्ष

चितवन कारागारबाट भागेका एक सय कैदीबन्दी अझै फर्किएनन्

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये एक सय जना