रिलिज अघि नै ९ सय करोडमा बिक्यो ‘आरआरआर’ « Khabarhub

रिलिज अघि नै ९ सय करोडमा बिक्यो ‘आरआरआर’


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– दक्षिण भारतीय फिल्म निर्देशक एसएस राजामौलीको प्रतिक्षित फिल्म ‘आरआरआर’को नर्थ इण्डियन राइट्स रेकर्ड मूल्यमा विक्री भएको छ ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार राजामौलीको यो फिल्मको नर्थ इण्डियन थिएट्रिकल राइट्स पेण्डियाले १ सय ४० करोडमा किनेको छ । यो डिलसँगै ‘आरआरआर’को टोटल प्री–रिलिज व्यापार(फिल्म रिलिज हुनुअघिको व्यापार) ९ सय करोडमा पुगेको छ ।

यो फिल्मले प्री–रिलिज बिजनेसको कामलामा ‘बाहुबली’लाई पछि पारेको छ । राजामौलीकै फिल्म ‘बाहुबली २’ले रिलिज अघि करिब ६ सय करोड रुपैंयाँको अल टाइम रेकर्ड बिजनेस बनाएको थियो ।

विश्वभर ‘आरआरआर’को थिएट्रिकल राइटस ५ सय ७० करोडमा बिक्री भएको छ । फिल्मको सबै भाषाको थिएट्रिकल, इलेक्ट्रोनिक, सेटलाइट र डिजिटल राइट्स ८ सय ९० रुपैंयाँमा बिक्री भएको छ ।

फिल्ममा जुनियर एनटीआर, राम चरण तेजा, अजय देवगन र आलिया भट्टको अभिनय छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ११ : ०० बजे

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्

दर्शक रोएकै फिल्म चले !

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले