माल्दिभ्समा एक महीना अघि लगाइएको कर्फ्यू हट्यो « Khabarhub

माल्दिभ्समा एक महीना अघि लगाइएको कर्फ्यू हट्यो


२० चैत्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माल्दिभ्सको राजधानी मालेमा एक महिनादेखि लगाइएको कफ्र्यु हटाइएपछि आजदेखि यहाँको बजार तथा शिक्षण संस्थाहरु खुलेका छन् ।

गत मार्च ४ तारिखदेखि माल्दिभ्सको राजधानी मालेमा कफ्र्यु लगाइएको थियो । यहाँको स्वास्थ्य सुरक्षा निकायले कोभिड १९ को संक्रमण बढेको भन्दै मालेमा कफ्र्यु आदेशको घोषणा गरेको थियो ।

राजधानी सहरमा लगाइएको कफ्र्यु गए रातिदेखि अन्त्य गरिएको यहाँको स्वास्थ्य सुरक्षा निकायले शुक्रबार जानकारी दिएको हो । बिहीबार साँझ प्रकाशन गरेको सूचनामा बिहीबार राति ११ बजेदेखि बिहान साढे ४ बजेसम्मका लागि लागू गरिएको कफ्र्यु हटाइएको जनाइएको छ ।

कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले गएको मार्च महिनाको ४ तारिखदेखि यहाँ कफ्र्यु लगाइएको थियो । आजदेखि कफ्र्यु हटेपछि यहाँका प्राथमिक विद्यालय, नर्सरीहरु, डे केयर, जिम, विश्वविद्यालय, चलचित्र घरलगायत पूनः सुचारु हुने भएका पनि बिहीबार साँझ प्रकाशन गरिएको सूचनामा जनाइएको छ ।

यहाँको सरकारले अब राजधानी मालेमा यी सबै सेवा सञ्चालन गर्न दिए पनि कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने स्वास्थ्यसम्बन्धी मापदण्डहरु भने पालना गर्नुपर्ने व्यवस्था गरेको छ ।

माल्दिभ्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्म करिब २४ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ४ : २० बजे

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’